रामेछापमा एकसाता निषेधाज्ञा थपियो

रामेछाप । कोरोना संक्रमण फैलनवाट रोक्न यसअघि वैशाख १९ गतेदेखी जिल्ला प्रशासन कार्यालय रामेछापले लगाएको निषेधाज्ञाको समयअवधि पुन एकसाता थप गरेको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुंले असार २ गतेसम्मको लागि निषेधाज्ञा थप गरेका हुन् । यसअघि जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा वुधवार रातीवाट सकिदै थियो । निषेधाज्ञाको अवधिमा जिल्लामा खाद्यान्न, तरकारी तथा फलफुल, दुधडेरी लगाएतका दैनिक उपभोग्य सामाग्रीहरु खरिद गर्न नागरिकहरुलाई विहान ५ वजदेखी ९ वजेसम्मको समय तोकिएको छ ।
त्यसैगरी निषेधाज्ञामा वैंक तथा वित्तिय संस्थाहरु हप्ताको तीन दिन विहान १० वजेदेखी दिउँसो २ वजेसम्म मात्रै संचालन हुनेछन् । निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी वाहेकका अन्य सवै प्रकारका पेसा व्यवसायहरु संचालन गर्न नपाउने प्रशासनले जारी निषेधाज्ञामा जनाइएको छ ।