रामेछापको हिमगंगाको लखनटारमा बन्यो झोलुङ्गे पुल–पैदलयात्रीलाई सहज

रामेछाप । रामेछाप नगरपालिकाको वडा नं–४ हिमगंगाको लखनटार स्थित लिखु नदीमा ८७ मिटर लामो झोलुङ्गे पुल निमार्ण भएपछि पैदल यात्री नागरिकहरुलाई सहज भएको छ ।
रामेछाप जिल्ला र ओखलढुङ्गा जिल्लाको सिमानामा बहने लिखु नदीमा यसअघि पुल नहुँदा एक जिल्लावाट अर्को जिल्लामा आवत जावत गर्न वर्षौदेखी समस्या झेल्दै आएका नागरिकहरुलाई यो पुल बरदान सावित भएको छ । उक्त झोलुङे पुल निमार्णको लागि रामेछाप नगरपालिका र संघिय सरकारको गरि कुल ४० लाख ५५ हजारको लागतमा निमार्ण भएको रामेछाप नगरपालिकाका इन्जिनियर कुसुम भट्टराईले जानकारी दिए ।
निमार्ण सम्पन्न भएको उक्त पुलको शुक्रवार रामेछाप नगरपालिकाका प्रमुख नरवहादुर थापामगरले एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरेका हुन् । पुल उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख थापामगरले यसअघि ज्यानको बाजि थापेर डुंगा र गाडीको टायरवाट नदी वारपार गर्ने नागरिकहरु पुल निमार्ण भएपछि उक्त समस्या सधाको लागि टरेको बताए ।
हिमगंगाको लखनटारमा निमार्ण भएको झोलुङे पुलवाट छिमेकी जिल्ला ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका र रामेछाप नगरपालिकाका नागरिकहरुलाई सहजता भएको छ । पुल निमार्ण सँगै नागरिकहरु आवत जावत गर्न र सामाग्रीहरु समेत ओसार पसार गर्न सहजता हुने भएपछि स्थानियहरु समेत खुशियाली छाएको छ ।

Facebook Comments Box