रामेछापको मन्थलीमा प्याराग्लाइडिङ परीक्षण उडान सफल, उडानलाई छिटै निरन्तरता दिने वडा अध्यक्षको भनाई

Written by meropradesh creator

१४ मंसिर २०७७, आईतवार

मंसिर १४,रामेछाप
रामेछापको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँमा रहेको स्थापनापति महादेव मन्दीर रहेको माथिल्लो डाँडाबाट प्याराग्लाइडिङ परीषण उडान सफल भएको छ । पुनागाउँको बहुनचुरामा रहेको स्थापनापति महादेव मन्दीर रहेको माथिल्लो डाँडाबाट प्याराग्लाइडिङ उडाइएको थियो ।
स्थानापति महादेव मन्दिर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि गरिएको प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको मन्थली नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बुद्धिबहादुर पुलामी मगर (भरत) ले बताउनु भयो । आफुले वडा कार्यपालिकाको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत राखेर स्थानापति महादेव मन्दिर क्षेत्रको पर्यटकीय पूर्वाधार विकास र प्रचारप्रसार एवं सम्भाव्यता अध्ययन गर्ने उद्देश्यले प्याराग्लाइडिङ परीक्षण गरेकोे वडा अध्यक्ष मगर ले बताउनु भयो । अध्यक्ष मगरले यसलाई निरन्तरता दिनको लागी नगरपालिकाले सहयोग गर्ने अपेक्षा आफु र नगर वासीले लीएको बताउनु भयो । साथै व्यवसायीहरुलाई समेत स्थानापति महादेव मन्दिर क्षेत्रको पर्यटकीय पूर्वाधार विकास गर्न प्याराग्लाइडिङ उडानले ठुलो सहयोग पुर्याउने भन्दै प्याराग्लाइडिङ उडानको लागी उपयुक्त स्थान भएकोले लगानी गर्न अनुरोध गर्नु भएको छ । पुरानो किंवदन्ती बोकेको बैहिरा महादेवको नामले परिचत स्थानापति मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनाउन वडाले लगानी कर्ताको खोजी गरिरहेको वडा अध्यक्ष मगरले बताउनु भयो । हामी लगानी कर्ताको खाजीमा छौ लगानी कर्ता फेला परे संगै उडानलाई निरन्तर्ता दिने अध्यक्ष मगरले बताउनु भयो । त्यसको लागी नगरपालिका र वडा कार्यालय लागी परेको समेत बताउनु भयो ।


प्याराग्लाइडिङ पाइलटहरु लक्ष्मण रत्न शाक्य र गोविन्द गुुरुङले २ वटा प्याराग्लाइडिङ रामेछापको पुरानागाउँको आकाशमा उडाए संगै उडानको सम्भवना रहेको हो । उडान सुुरु र अन्त्य गर्ने स्थान सुुनिश्चित गरेर प्राविधिक हिसाबले तयार बनाउन सके यो ठाँउ प्याराग्लाइडिङ उठानका लागि योग्य हुुनसक्ने पाइलट लक्ष्मण रत्न शाक्य बताए । ‘टेकअफ गर्ने र ल्यान्डीङ गर्ने ठाउँ राम्रो बनाउनुुपर्छ प्याराग्लाइडिङको लागि यो ठाउँमा राम्रो सम्भावना रहेको छ शाक्यले भने । ‘मन्दिरदेखि गुम्बासम्म आकाशमा उडेरै दर्शन गर्न पाइने, लोभलाग्दा डाँडापाखा झन हामी पाइलटहरु यस्तो ठाउँमा धेरै रमाउँछौं’ शाक्यको भनाई थियो । २ जना बोकेर भन्दा पनि एक्लै पाइलट उडेर स्थानीयलाई मनोरञ्जन दिँदै आपूmहरु रमाउन पनि यो ठाउँ उपर्युुक्त हुुने प्याराग्लाइडिङ पाइलट गोविन्द गुुरुङले बताए । मन्थलीको पुरानागाउँ, चिसापानी सहितका क्षेत्रमा पूूर्वाधार विकास गर्न सके व्यवसायिक हिसाबले प्याराग्लाइडिङ उडान सकिने उनको भनाई छ ।
प्याराग्लाइडिङको परीक्षण उडान सफल भएपछि मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले पर्यटन प्रवद्र्धनमा अर्को एउटा सफलता मिलेको बताउनु भयो । स्थानापति मन्दिरलाई केन्द्रभागमा राखेर यसक्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न लागिएको बताउँदै नगरप्रमुख बस्नेतले प्याराग्लाइडिङको परीक्षणले अर्को एउटा सफलताको संकेत मिलेको बताउनु भयो ।
‘मन्थली नगरपालिकालाई पर्यटकीय हवका रुपमा विकास गर्न हामी लागेका छौं, आज स्थानापतिबाट प्याराग्लाइडिङको उडान पनि सफल भयो यसलाई हामीलाई एकदमै उत्साहित बनाएको छ, नगर प्रमुख बस्नेतले भन्नु भयो । ‘पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक मन्थली ल्याउन हामी जनप्रतिनिधिहरु जुुटेका छौं, गाउँ र शहरलाई जोड्ने सहज र सुरक्षित नगर मन्थलीमा पर्यटक लोभ्याउने थुप्रै धार्मिक र प्राकृतिक क्षेत्र रहेका छन नगरप्रमुख भन्नु भयो ।
प्याराग्लाइडिङको नगरप्रमुख रमेश बस्नेत, मन्थलीका प्रमुख प्रशासकीय अधिकृत लिलानाथ पौडेल, राजनीतिक दलका जिल्लाका नेताहरु, सरोकारवाला र स्थानीयले प्रत्यक्ष अवलोकन गरेका थिए । परीक्षणको लागि गरिएको उडानमा प्याराग्लाइडिङमा दुई जना पाइलटहरु पुरनागाउँको आकाशमा १५ मिनेट उडेका थिए ।
पहिलो पटक आफ्नो गाउँघरको आकाशमा प्याराग्लाइडिङमा मानिस उडेको देखेपछि स्थानीय भने चकित परेका थिए । परीक्षण उडान सफल भएपछि गाउँमा सम्भावनाको खोजि गरेर नयाँ अभ्यास गरेको भन्दै जनप्रतिनिधि प्रति स्थानीयले खुसी व्यक्त गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव श्रेष्ठ खाना सर्केर ज्यान गयो

रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव श्रेष्ठ खाना सर्केर ज्यान गयो

रामेछाप । रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको खाना सर्केर ज्यान गएको छ । नगरपालिकाका कर्मचारीहरूले आयोजना गरेको वनभोज कार्यक्रममा खाना खाने क्रममा खाना सर्केर ४८ वर्षीय स्वकीय सचिव लक्ष्मण श्रेष्ठको मृत्यु भएको हो । रामेछाप...

दुर्घटना अपडेट ः मृतक सबैको सनाखत

दुर्घटना अपडेट ः मृतक सबैको सनाखत

काठमाडौँ । यात्रुवाहक बस दुर्घटना हुँदा ज्यान गुमाएका १० जनाकै सनाखत भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी,सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे नेपाल...

आज बिहान बस दुर्घटना ः १० जनाको मृत्यु दर्जनौ घाइते

आज बिहान बस दुर्घटना ः १० जनाको मृत्यु दर्जनौ घाइते

काठमाण्डौं । आज बिहान(बिहिबार) २ बजे तिर पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना भएको छ । महेन्द्रनगर बाट काठमाडौंका लागि छुटेको सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बस दुर्घटनामा ३०...