रामेछापको गौरीशंकर संरक्षण क्षेत्रमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर

Written by meropradesh creator

१७ माघ २०७९, मंगलवार

रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका–१ गुम्देलको गौरीशंकर संरक्षण क्षेत्रमा तीन दिन देखी लागेको भिषण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन् ।

आइतवार दिउँसो गुम्देलको चामरुको जङ्गलबाट लागेको डढेलो बढ्दै गएको छ । डढेलो निभाउन स्थानिय नागरिक, नेपाली सेना र नेपाल प्रहरी पचिालन हुुँदा समेत उक्त डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । भिरालो जमीन र घना जङ्गल भएकाले आगो निभाउन समस्या भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जानकारी दिए ।

उनले भने– हामीले स्थानिय नागरिकको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी सहित सयौको संख्यामा परिचालन गर्दा पनि वनमा लागेको आगो नियन्त्रणमा ल्याउन सकिएको छैन । हाल आगो लागेको ठाउँमा घना जङ्गल मात्रै रहेको छ । अहिलेसम्म आगोले वस्ती भेटेको छैन् । वस्तीसम्म आगो नपुगोस भन्ने हिसावले सवै उपाय अपनाउने काम भइरहेको प्रजिअ रेग्मीले बताए ।


वनमा लागेको उक्त आगो निभाउन नसकेमा गुम्देलको सानो वाल्दिङ, चामरु र ज्यादे कुडारसम्म डढेलो पुुग्ने अवस्था रहेको छ । गौरीशंकर संरक्षण क्षेत्रको जंङगलमा दुर्लभ मानिएको रेडपाण्डा, चौरी, भेडीगोठ लगाएतका जिवजन्तुहरु रहेको उमाकुण्ड गाउँपालिका–२ का रोकट वस्नेतले जानकारी दिए ।

उनले भने– शुरुमा गुम्देलको चामरुको वनवाट शुरु भएको डढेलो निभाउन स्थानियहरु लागि परेका थिए । उनीहरुले आगो निभाउन नसकेपछि वाम्ती प्रहरी चौकीमा खवर गरेका थिए । प्रहरी र स्थानियले पनि आगो नियन्त्रणमा लिन नसकेपछि लिखु नदीमा संचालित ग्लोबल हाइड्राेमा रहेका नेपाली सेनाको सहयोग मागेसँगै सेना पनि उक्त क्षेत्रमा परिचालन हुँदा समेत आगो नियन्त्रणमा लिन नसकिएको बस्नेतले बताए ।

घना जंङगलमा लागेको आगो फैलदै गएपछि उमाकुुण्ड गाउँपालिका–१ गुम्देल वडा कार्यालयले सार्वजनिक सुचना जारी गरी आगो अनियन्त्रीत हुँदै गएकाले आफ्नो सुरक्षा आफै गर्न स्थानियहरुलाई आग्रह गरेको छ । जङगलवाट आगो वस्ती नजिक पुगेकाले सवै सर्तक हुन स्थानियलाई खबर गरिएको वडा अध्यक्ष ङावा तिण्डु शेर्पाले जानकारी दिए ।

उनले भने– आगो नियन्त्रणको लागि स्थानिय, प्रहरी र सेनाले वनाएको अग्नी रेखाले समेत काम गरेन । भिरालो जमीन र अत्याधिक मात्रामा हावा चलिरहँदा आगो एक ठाउँवाट सिधै अर्को ठाउँमा पुग्ने भएकाले नियन्त्रण बाहिर गएको छ । अझै आगो निभाउने प्रयास भने जारी राखिएको अध्यक्ष शेपाले बताए ।

आगलागी भएको क्षेत्र नजिकै ३२ घर परिवारको वस्ती रहेको छ । आगो बढ्दै गएमा ती सबै घरपरिवार जोखिममा पर्नेछन् । वरपर सवै तिर घना जङ्गल भएकाले स्थानियहरु कता जाने भन्ने चिन्ताले पिरलोले उनीहरुलाई सताएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

रामेछाप । लागु पदार्थ सेवन ( ला.प.से.) गरी सवारी चलाउने ३ जना सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ ।आइतबार दिउसो मन्थली अस्पतालको समन्वयमा मन्थली नगरपालिका वडा नं.१ भैशेश्वरमा गरिएको लागु पदार्थ सेवन सम्पन्धी चेक जाँचको क्रममा तिन...

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

रामेछाप । रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण हुने भएको छ । आफ्नो भवन हुदाँ हुदै पठन पाठनमा समस्यामा व्यहोर्दै आएको क्याम्पसले अब भने सुविद्या सम्पन्न भवन पाउँने भएको छ । भवन निर्माणको लागि विश्व विद्यालय अनुदान...

मन्थली नगरपालिकाको सहयोगमा कपडा डिजाइन सम्बन्धि तालिम शुरु

मन्थली नगरपालिकाको सहयोगमा कपडा डिजाइन सम्बन्धि तालिम शुरु

रामेछाप । मन्थली नगरपालिकाको सहयोगमा जिल्ला सदरमुकाम मन्थलीमा १५ दिने एडभान्स लेडिज फेसन डिजाइन कटिङ तथा सिलाई तालिम सुरु भएको छ । नगरपालिकाको सहयोगमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रामेछापको आयोजनामा जिल्ला भित्र व्यवसायी रूपमा काम गर्दै आएका २० जना महिलाहरूको...