रामेछापका ४ हजार ५ सय जेष्ठ नागरिकले लगाए कोरोना खोप

Written by meropradesh creator

२५ फाल्गुन २०७७, मंगलवार

रामेछाप । जिल्लामा संचालन भएको कोरोना भाइरस कोभिड–१९ बिरुद्धको दोश्रो चरणको खोप कार्यक्रम अन्तर्गत दुईदिनमा चार स्थानिय तहका ४ हजार ५ सय १ जना जेष्ठ नागरिकहरुले खोप लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले संचालन गरेको खोप अभियान अन्तर्गत आइतवार ९ सय ३३ जना पुरुष र ९ सय ८४ जना महिलाले खोप लगाएका छन् । त्यस्तै खोप अभियानको दोश्रो दिन सोमवार १ हजार २ सय १७ जना पुरुष र १ हजार ३ सय ६६ जना महिला गरि ४ हजार ५ सय १ जनाले कोरोना विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए ।
जिल्लामा कोरोना भ्याक्सिन कम आएपछि जिल्ला स्वास्थ्य कार्यालयले दुई चरणमा गरेर कोरोना विरुद्धको खोप अभियान संचालन गर्ने जनाएको छ । पहिलो चरण अन्तर्गत जिल्लाको उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्वा गाउँपालिका र सुनापति गाउँपालिकामा अहिले खोप अभियान चलाएको हो । खोप कार्यक्रममा ५५ वर्ष उमेर पुरा गरेका नागरिकहरुले मात्रै खोपमा सहभागीता जनाउन पाउने छन् । दोश्रो चरणको खोप कार्यक्रममा जिल्लाका चार स्थानिय तहका गरि १० हजार ५ सय ६० जना नागरिकहरुले खोप लगाउने छन् । खोप कार्यक्रम फागुन २३ गतेवाट संचालन भएको यो अभियानमा ५५ वर्ष माथिका नागरिकको हकमा १० दिनसम्म चल्ने त्यसपछि थप १० दिनको अवधिमा ६५ वर्ष उमेर समुहका जेष्ठ नागरिकहरुलाई खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।


रामेछापका २ नगरपालिका र ६ वटा गाउँपालिकाका ६४ वडाहरुमा कुल २५ हजार ९ सय ४ जेष्ठ नागरिकहरुलाई कोरोना बिरुद्धको खोप लगाइने छ । कोरोना बिरुद्धको खोप लगाउन बाँकी रहेका मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, लिखुतामाकोशी गाउँपालिकामा पनि स्वास्थ्य मन्त्रालयले भ्याक्सिन उपलव्ध गराउने बितिक्कै खोप अभियान संचालन गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...