रामेछापका दश हजार नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने

Written by meropradesh creator

२२ फाल्गुन २०७७, शनिबार

रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले रामेछापका चार गाउँपालिकामा गरि दश हजार नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ ।
कोरोना भाइरस विरुद्धको दोश्रो चरणको खोप कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय रामेछापले जिल्लाको उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, सुनापति गाउँपालिका र दोरम्वा गाउँपालिका गरि चार गाउँपालिकाका ५५ वर्ष उमेर समुह माथीका १० हजार ५ सय ६० जना जेष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा.जितेन्द्रकुमार कर्णले जानकारी दिए ।
उनले भने– यसअघि जिल्लाको २ नगरपालिका र ६ वटै गाउँपालिका गरि ८ स्थानिय तहहरुमा गरि २५ हजार ९ सय ४ जना जेष्ठ नागरिकहरुलाई खोप लगाउने तयारी गरेको भएता पनि स्वास्थ्य मन्त्रालयले आवश्यक मात्रामा खोप उपलव्ध गराउन नसकेपछि चरणबद्ध रुपमा खोप अभियान संञ्चालन गर्नु परेको प्रमुख कर्णले बताए । दोश्रो चरणको खोप कार्यक्रम फागुन २३ गतेवाट शुरु भई २० दिनसम्म चल्ने जनाइएको छ । खोप कार्यक्रम अन्तर्गत शुरुको दश दिनसम्म ६५ वर्षभन्दा माथि उमेर समुहका जेष्ठ नागरिकहरुलाई लगाइने छ । त्यस्तै दशदिनको अवधिमा ५५ वर्षदेखी ६५ वर्ष उमेर समुहका जेष्ठ नागरिकहरुलाई खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
चार गाउँपालिकामा शुरु हुन लागेको खोप अभियान कार्यक्रमको लागि खोप सम्वन्धित पालिकाहरुमा पुर्याउने काम भइसकेको छ । चार गाउँपालिकाका सवै वडामा रहेको स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुले खोप कार्यक्रममा सहभागी हुने गरि व्यवस्थापन मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी गराएको छ । कोरोना बिरुद्धको खोप बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिकाले निमार्ण गरेको कोभिशिल्ड नामक कोरोना विरुद्धको खोप गर्भवती महिला बाहेक दीर्घ रोगीहरुले समेत लगाउन मिल्ने छ । कोरोना विरुद्धको खोप लगाएपछि नागरिकहरुको स्वास्थ्यमा देखिन सक्ने जोखिमलाई ध्यानमा राखेर जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मी सहितको टोली, एम्बुलेन्स र हेलिकोप्टर समेत तयारी अवस्थामा राखेको जनाएको छ ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...