रामेछाप । गएको स्थानिय निर्वाचनमा उम्मेदवारी वनेका निर्वाचित १ सय २२ जना जनप्रतिनिधिहरुले उम्मेदवार समयमा खर्च भएको खर्चको विवरण समेत बुझाएनन् ।
रामेछापमा स्थानिय तहको निर्वाचन भएको तीन वर्ष पुरा भइसक्दा पनि स्थानिय निकायमा उम्मेदवार वनेका निर्वाचीत जनप्रतिनिधिहरुले नै निर्वाचन खर्च बुझाएनन् । निर्वाचन आयोगले उम्मेदवारी वनेका सबै राजनितिक दलका नेताहरुलाई आयोगको समयसिमा भित्र निर्वाचनमा भएको खर्चको विवरण बुझाउन पत्राचार समेत गरेको थियो ।
निर्वाचन खर्च नवुझाउनेहरुमा निर्वाचित वडा अध्यक्ष १९ जना रहेका छन् । त्यसैगरी निर्वाचन खर्च नवुझाउने वडा सदस्यहरुमा १ सय ३ जना रहेका छन् । उनीहरुलाई निर्वाचन कार्यालय रामेछापले पटकपटक खर्च विवरण वुझाउन पत्राचार र टेलिफोन समेत गर्दा समेत निर्वाचित जनप्रतिनिधिहरुले अटेर गरेका हुन् ।
निर्वाचन कार्यालय रामेछापले जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिकाका गरी ८ वटै स्थानिय तहमा उम्मेदवारी वनेका उम्मेदवारहरुलाई निर्वाचन सकिएको तीन महिना भित्र निर्वाचन खर्च बुझाउन पत्राचार गरेको थियो । निर्वाचनको पत्र बुझेका निर्वाचित जनप्रतिनिधिहरुले त्यसको वेवास्ता गरेका हुन् । खर्चको विवरण नवुझाउने जनप्रतिनिधिहरु अर्को निर्वाचनमा उम्मेदवारी दिन पाउने वा नपाउने सो बिषयमा निर्वाचन आयोगले नै निर्णय गर्ने जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...