रामपुरमा खानेपानीको चरम अभाब

Written by meropradesh creator

२६ पुष २०७७, आईतवार

रामेछाप । रामेछाप नगरपालिका रामपुरमा खानेपानीको चरम समस्या हुँदा १ सय १५ घरपरिवार पिउनेपानीको अभावमा प्रत्यक्ष मारमा परेका छन् ।
रामपुरका बासिन्दाले उपभोग गर्दै आएको पानी २०७२ सालको विनाशकारी भुकम्पले खानेपानीको मुहान सुकेपछि रामपुर वडामा रहेका वशन्तपुर, रानाटोल र सुनारटोलका गरि १ सय १५ घरधुरी परिवार खानेपानीवाट वञ्चित भएका छन् । गाउँमा खानेपानीको वैकल्पीक मुहान नहुँदा गाउँका उपभोक्ताहरु मारमा परेको रामेछाप नगरपालिका वडा नं ५ रामपुर (बशन्तपुर) का गुञ्जवहादुर श्रेष्ठले वताए ।
उनले भने– गाउँमा खानेपानीको चरम समस्या छ । स्थानिय सरकार आएपछि अहिलेसम्म गाउँमा खानेपानी ल्याउने कुनै योजना अघि सारेका छैनन् । नेताहरुलाई पटकपटक चुनावमा भोट दिएर जिताएर पठायौं । तर हाम्रो गाउँमा खानेपानी ल्याउने योजना कुनै नेताले पनि नगर्दा आफ्नो दुःख सधै रहेको पनि श्रेष्ठले जानकारी दिए ।
गाउँमा खानेपानीको अभाव सँगै उपभोक्ताहरुले घरमा पाल्दै आएका चौपाया समेत पाल्न छाडेका छन् । गाउँमा भएको पाखो जमिन बेचेर अन्यत्र बसाई जाने सोच गरेका नागरिकहरुले गाउँका जग्गा समेत विक्री नहुने भएपछि उनीहरुले आफुले बसोबास गर्दै आएको थाकथलो समेत छोड्न नसकेको स्थानिय जंगहादुर सुनुवारले जानकारी दिए ।
उनले भने– गाउँ छाडेर जाउँ कहाँ जाउँ । नत जग्गा विक्री हुन्छ । अन्यत्र जग्गा किनेर घर वनाउने पैसा आफुहरुसँग नभएकाले पुस्तौ देखी वस्दै आएको ठाउँ छोडन सकिएन । गाउँमा खानेपानीको चरम समस्या छ । पानीको वैकल्पीक मुहान छैन् । भिरालो जमीन भएकाले वर्षातमा परेको पानी समेत बग्ने गर्दा भएको जग्गामा समेत प्रयाप्त मात्रामा उव्जनी समेत हुँदैन् । गाउँमा बसोवास छ तर सबै सामान किनेर खानु पर्ने वाध्यता आफुहरुको रहेको सुनवारले बताए ।


परम्परादेखी खादै आएको टेकामखोला र गाडाबाँस खानेपानीको मुहान सुकेपछि त्यस गाउँमा अहिले खानेपानीको समस्या भएको हो । २०७२ सालको भुकम्पले गाडाबाँसको मुहान स्यापै सुकेको छ । टेकाम खोलामा दुईदिनमा ५० गाग्री जती पानी जम्मा हुन्छ । त्यही पानी उपभोक्ताले दिन विराएर कहिले २ गाग्री त कहिले ४ गाग्री पालो लगाएर वाड्ने गरेको स्थानिय सुनिता श्रेष्ठले वताइन ।
उनले भनिन– गाउँमा खानेपानी समस्या भएपछि त्यस गाउँका उपभोक्ताहरु अहिले दैनिक ३ घण्टा तल मुल खोलामा पानी लिन पुग्छन् । त्यहाँ पनि प्रयाप्त मात्रामा पानी छैन् । गाउँका सवैजना पानी लिन पुग्ने ठाउँ मुल खोला भएकाले त्यहाँ पनि पानीको पालो कु¥नु पर्दछ । पानीको पालो पाइहाले खोलाको फेदीवाट एक गाग्री पानी लिएर घर आइपुग्न ठाडो उकालो ३ घण्टा लाग्छ, पालो नपाए एक गाग्रो पानीको लागि विहानै वित्ने गरेको श्रेष्ठले जानकारी दिइन ।
पहिला पानी प्रर्याप्त हुँदा गाउँमा घरैपिच्छे भैसी, गाईगोरु र वाख्रा पालन गर्दै आएका स्थानियहरु अहिले पानी अभावका कारण चौपायाहरु पाल्न छाडेका छन् । केही घरमा एक दुईवटा चौपाया पालेका किसानहरुले ती चौपायालाई पेटभरी पानी समेत खुवाउन सकेका छैनन् । दैनिक १० देखी १५ गाग्री पानी एक घरपरिवारमा लाग्ने गरेको छ ।
तर पानी अभाव हुँदा त्यस गाउँका नागरिकले २ गाग्री पानीले घर चलाउनु पर्ने वाध्यता छ । पानी अभावका कारण नुहाउन, कपडा धुन समेत समस्या हुने गरेको छ । पानी अभाव झेल्दै आएका उपभोक्ताहरुलाई रामेछाप नगरपालिकाले सुनकोशी नदीवाट पानी लिफ्ट गरेर खुवाउने योजना अघि सारेको रामेछाप नगरपालिका वडा नं–५ रामपुरका वडा अध्यक्ष भिमवहादुर तामाङले जानकारी दिए ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...