रकम अभावले अध्ययन केन्द्र बन्द

Written by meropradesh creator

२९ कार्तिक २०७७, शनिबार

रामेछाप ।

दोरम्वा गाउँपालिकाको दोरम्वा वजारमा २०६४ साल देखी संचालन भएको सामुदायिक अध्ययन केन्द्र आर्थिक अभावका कारण बन्द भएको छ ।
त्यस क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अधययनरत बालबालिकाहरुलाई अध्ययनमा सहजता पुगोस् भन्ने उद्धेश्यले २०६४ सालमा उक्त अध्ययन केन्द्र स्थापना भएको थियो । अध्यनन केन्द्र बन्द हुँदा त्यस भेगका सामुदायिक विद्यालयमा अध्ययरनत वालवालिकाहरुले कम्प्युटर शिक्षा पाउन सकेका छैनन् ।
दोरम्वा वजार जिल्लाकै ऐतिहाासिक बजार रहेकाले त्यस ठाउँमा पुग्ने अन्य नागरिकहरुलाई समेत अध्ययन गर्न सहजता मिल्ने भएकाले गैरसरकारी संस्था आरआरएनले ३ वटा डेक्सटप कम्प्युटर र एक थान प्रिन्टर समेत सहयोग गरेको छ । त्यस सामुदायिक अध्ययन केन्द्रमा कम्प्युटर चलाउन जान्ने प्राविधिक कर्मचारी भर्ना गर्न नसक्दा उक्त सामुयिक अध्ययन केन्द्रको कम्प्युटर कोठामा माकुराको जालोले गुड लगाएको छ ।
दोरम्वामा रहेको सामुदायिक अध्ययन केन्द्र २०६४ साल देखी काकलिङ माध्यमिक विद्यालय मार्फत संचालन हुँदै आएको थियो । विद्यालयले पनि सहज तरीकाले संचालन गर्न नसकेको जन गुनासो अभिभावकहरुले गरेपछि विद्यालयवाट निकालेर दोरम्वा वजारमा संचालन गरिएको सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष मिनवहादुर घिसिङ्गले जानकारी दिए ।
उनले भने– विद्यालयवाट संचालन भएको अध्ययन केन्द्र सहज तरीकाले संचालन गर्न नसकेको भन्ने गुनासो आएपछि हाम्रै पहलमा बजारमा सार्यौं । बजारमा अध्ययन केन्द्र भएपछि धेरै नागरिकहरुलाई पायक पर्ने भएको र दोरम्वा वजार हुँदै शैलुङ्ग क्षेत्र जाने पैदल यात्रुहरुलाई पनि सहज भएको थियो । संस्थाले पुस्ताकालयमा बसेर काम गर्ने दक्ष जनशक्ति राख्न आर्थिक अवस्थाले नसकेकाले अहिले बन्द हुन पुगेको अध्यक्ष घिसिङ्गले बताए ।
अध्ययन केन्द्रको सहजताका लागि केही वर्ष अघिसम्म रामेछापमा संचालन भएको गैरसरकारी संस्था आरआरएनले पुस्ताकालयलाई ३ वटा डेक्सटप कम्प्युटर र १ वटा फोटोकपी मेसिन समेत उपलव्ध गराएको थियो । संस्थाले दिएको कम्प्युटर र फोटोकपी मेसिनमा अहिले

माकुराले जालो लगाएको अलपत्र अवस्थामा रहेका छन् ।
दोरम्बामा रहेको सामुदायिक अध्ययन केन्द्रलाई नेपाल सरकारले वार्षिक १ लाख रुपैयाँ दिदै आएको छ । उक्त रकमबाट अध्ययन केन्द्रमा एकजना सामाजिक परिचालक भर्ना गरिएको छ । सरकारवाट प्राप्त रकमले सामाजिक परिचालकलाई नै तलब खुवाउन गाह्रो भएकाले कम्प्युटर प्राविधिक कर्मचारी भर्ना गर्न नसकिएको सो अध्ययन केन्द्रका संचालकहरुले बताएका छन् । स्थानिय सरकार गाउँमा आएपनि अध्ययन केन्द्रलाई आवश्यक पर्ने बजेट नदिदा अध्ययन केन्द्र बन्द हुन पुगेको हो ।
आर्थिक अभावमा बन्द रहेको दोरम्वा वजारको सामुदायिक अध्ययन केन्द्र तत्काल वजेटको व्यवस्थापन गरेर संचालनमा ल्याउने दोरम्वा गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङ्गले जानकारी दिइन । उनले भनिन्– सामुदायिक अध्ययन केन्द्र भनेको विद्यालयमा अध्ययनरत बालबालिकाको भविष्य सँग जोडिएको बिषय भएकाले पालिकाले यसलाई गम्भिरताका साथ हेरेको छ । बन्द रहेको उक्त अध्ययन केन्द्र केही दिन भित्रै वजेटको व्यवस्थापन गरेर संचालन गर्ने र आवश्यक फर्निचर, कम्प्युटर, इन्टरनेट लगाएतको व्यवस्थापन समेत गर्ने उपाध्यक्ष घिसिङ्गले बताइन ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...