युवा परिषदबाट ढुंगेल बर्खास्त

रामेछाप । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका एमाले नेता माधब ढुंगेललाई राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष पद बाट बर्खास्त गरेको छ । सरकारले ढुंगेललाई सोधेको लिखित स्पष्टिकरण चित्तबुझ्दो नआएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको हो । सरकारले ढुंगेललाई कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै गत १४ असोजको मन्त्रिपरिषद् बैठकबाट स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण ढुंगेलले तिच्त बुझ्दो नदिएको भन्दै सरकारले राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष पदबाट ढुंगेललाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

Facebook Comments Box