मोटरसाइकल चोरी आरोपमा १० जना पक्राउ

Written by meropradesh creator

२३ श्रावण २०७९, सोमबार

रामेछाप । रामेछापवाट पटकपटक रुपमा मोटरसाइकल चोरी भएको उजुुरी परेपछि खाजी कार्यमा जुटेको प्रहरीले एकहप्ता भित्र मोटरसाइकल चोरीमा संलग्न दशजनालाई चोरीको मोटरसाइकल सहित पक्राउ गरेको छ ।

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न मध्ये ३ जनालाई जिल्लाभित्र वाटै र बाँकी अन्य ७ जनालाई बाहिरी जिल्लावाट पक्राउ गरेको हो । मोटरसाइकल पार्किङ्ग गरिराखेको ठाउँवाट मोटरसाइकल हराएको भन्दै विभिन्न समयमा सवारी धनीले दिएको उजुरीको आधारमा प्रहरी खोजी कार्यमा जुटेको थियो । सोही क्रममा प्रहरीले बा.प.०२–०३३ प ३९४५, बा.प.०२–०२२ प ३५२०, बा.प.०२–०१५ प ५४७८ र प्रदेश ३–०२–०२९ प ९६१२ नम्वरको मोटरसाइकल फेला पारेको छ ।

प्रहरीले मोटरसाइकल सँगै चोरीमा संलग्न मध्ये रामेछापको खाँडादेवी गाउँपालिका–६ का रामचन्द्र बुुढाथोकी र सौरभ बुढाथोकी र सौरभको वर्कसपमा काम गर्ने सलाही हरिपुर गाउँपालिका–६का ज्ञासोधिक मन्सुर, रामेछाप खाँडादेवी गाउँपालिका–२ हिलेचौरका सुवास तामाङ र सोही वडाका राजन योन्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी प्रहरीले ललितपुर महानगरपालिका–६पोकुुबाालका लक्की शाक्य, म्यादी जिल्ला दरवाङ्ग गाउँपालिका घर भई हाल ललितपुर वस्दै आएका विशेष राउत, रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–२ चुल्ठेपानीका घनश्याम कार्की, गोकुलगंगा गाउँपालिका–४ बेतालीका बिनोद मुग्राती र नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका–४ दुप्चेका रामशरण दमाईलाई मोटरसाइकल चोरी गरेको सवुद प्रमाण सहित प्रहरीले पक्राउ गरेको हो । मोटरसाइकल चोरीमा संलग्न भएकाहरुको विभिन्न सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

डेंगुको सङ्क्रमण बढ्दो – रामेछापमा ६ जनामा डेंगु सङ्क्रमण फेला

डेंगुको सङ्क्रमण बढ्दो – रामेछापमा ६ जनामा डेंगु सङ्क्रमण फेला

रामेछाप । रामेछाप जिल्लामा पनि डेंगु सङ्क्रमणको बिरामी फेला परेको छ । देश भरी डेंगु सङ्क्रमणको समस्या भई रहेको अवस्थामा रामेछापमा पनि डेंगु सङ्क्रमितका बिरामी ६ जना फेला परेको हो । बागमती प्रदेश सरकारले गत साउन १ गतेदेखि गरेको परीक्षणमा रामेछापमा ६ जनामा डेंगु...

दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

काठमाण्डौं । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा शिशुको जन्मपछि फरार रहेकी ललितपुरकी २८ वर्षीय रेणुका पहरीलाई सम्पर्कमा आउन नेपाली दूतावास आबुधावीले आग्रह गरेको छ । युएईको लतिफा हस्पिटल दुबईमा गएको अगस्त १६ मा अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएकी पहरीले जन्म दिएको...

अमरध्वज लामा रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त

अमरध्वज लामा रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकमा मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अमरध्वज लामा नियुक्त भएका छन् । सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।मन्त्रालयका...