मृत आमाकोे काखमा रोएपछी राखिएको बच्चा, बस–यात्राको क्रममा

रामेछाप । समाचार पढ्दा कथा जस्तो लाग्छ । तर कथा होइन यो रुकुमपश्चिम आठबिसकोट नगरपालिका– ९ की २८ वर्षीया धर्माकुमारी बटाला बसमा यात्रा गर्दा मृत्यु भएपछी अन्य बसका यात्रुहरुले उनका ३२ महिने छोरा धेरै रोएपछी फकाउन नसकेर मृत आमाको काखमा राखेको तस्बिर हो । यो तस्बिर यात्रु मध्य कसैले खिचेर फेसबुकमा राखेपछी भाइरल भएको हो । रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका– ९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटाला बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरण बटलासहित राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढेर उपचारको लागी नेपालगञ्जमा हिडेकी थिइन् । बाँकेको नेपालगञ्जमा रहेका श्रीमान दलबहादुर बटालासँग सल्लाह गरि उपचारका लागि भनेर धर्माकुमारी नाबालक छोराको साथ बस श्रीमान भेट्ने र उपचार गर्ने आसमा बस चढेकी थिइन्।
श्रीमान दलबहादुरका अनुसार धर्माकुमारीले जिल्लाकै अस्पताल र मेडिकलमा उपचार गराएकी थिइन्। केही दिन पहिले मात्रै सल्लेमा मेडिकल पुगेर उपचार गराएकी थिइन्। उनीहरुकै सल्लाहमा औषधि सेवन गरिरहेकी थिइन्। तर, विशेक भएन। त्यसैले श्रीमान दलबहादुरले थप उपचारका लागि नेपालगञ्ज बोलाए। दलबहादुरका अनुसार धर्माकुमारी मुटुको बिरामी थिइन्। प्रेसर हाइ र लो हुने समस्या पनि थियो । श्रीमती धर्माकुमारी र नाबालक छोरा बसमा चढेपछि दलबहादुर निरन्तर सम्पर्कमा रहेका थिए । बस छेडा भन्ने ठाउँमा आएपछि खाना खान रकके र सबैले खाना खाए धर्म कुमारीले भने आधा घन्टा जति फोन गरेँ,’ दलबहादुरले भने, ‘उनले आफू सामान्य अवस्थामा रहेको र आरामले यात्रा गरिरहेको हुँदा चिन्ता नगर्न भनिन्।’
केही बेर पछी बिरामी श्रीमती आउदैछ अवस्था कस्तो छ भनेर फोन गरे श्रीमतीले म धारापानी आइपुगे मेरो अवस्था सामान्य छ आरामले यात्रा गरिरहेको छु बसमा अरुपनि मानिसहरु रहेको हुँदा चिन्ता गर्नु पर्दैन भनीन् । त्यसपछि फोन सम्पर्क हुन सकेन ।
धर्माकुमारी चढेको बसमा उनकै सिटको अर्को सिटमा २७ वर्षीय अर्जुन केसी पनि यात्रारत थिए । धर्माकुमारी छोरासँगै बसेकी थिइन् ।
वान्ता हुन थालेपछि धर्माकुमारीले केसीसँग पोलेथिनको झोला मागिन् । त्यसपछि उनले आफूलाई अगाडिको सिटमा बस्ने प्रबन्ध मिलाई दिन केसीलाई आग्रह गरिन्। केसीले आफू बसेको झ्याल नजिकको २ नम्बर सिट धर्माकुमारीका लागि छोडिदिए। सिटमा आमा छोरा एक्लै बसे। केसी १ नम्बर सिटमा एक्लै बसे । बोटेचौर भन्ने ठाउँमा आइपुगेपछि धर्माकुमारीले दुई÷तीन पटक वान्ता गरिन् । तर, उनी त्यसपछि सामान्य अवस्थामा सिटमा बसिन् ।
मध्यरात भइसकेको थियो । बस आफ्नै गतिमा अगाडि बढिरहेको थियो। सबै यात्रु निदाए जस्तै वातारण थियो । बर्दियाको हरिया लेक आइपुग्दा एकाएक ३२ महिनाका किरण बटला रोएको आवाज केसीले सुने । ‘यसो फर्केर मैले हेर्दा बच्चा सिटदेखि तल खसेको मैले देखे,’ केसीले भने, ‘त्यसपछि म लगाएत अरूले धर्माकुमारीलाई उठाउन खोज्यौं, तर उहाँ हलचल गर्नु भएन ।’
धर्माकुमारी बसको सिटमै कहिलै नउठ्ने गरि सुतिसकेकी थिइन् । उनको अवस्थाले बसमा यात्रारत सबै दुःखी र निराश बने। कतिले नजिकै बबईमा उपचारका लागि मेडिकलमा तत्काल लैजान सल्लाह गरे। तर, त्यहाँ पनि मेडिकल बन्द भइसक्ने हुँदा बरू छिटो कोहलपुर पु¥याउने सबैले सल्लाह गरे । धर्माकुमारीकी गाउँकै अर्की एक महिला पनि बसमा सवार थिइन् । उनैले धर्माकुमारीको मृत शरीर सिटमै बसेको अवस्थामा समातेर यात्रा गरिन् । बच्चा रोइरहेको हुँदा केसीलगाएत बसमा यात्रारत अरू यात्रुहरुले पालैपालो समाते । शुक्रबार बिहान श्रीमतीलाई सकुशल नेपालगञ्जमा स्वागत गर्ने प्रतिक्षमा बसेका दलबहादुर एकाबिहानै श्रीमतीलाई सदाको लागि गुमाउनु परेको खबर सुन्दा छाँगाबाट खसेझैं भए ।
यात्राकै क्रममा धर्माकुमारीको मृत्यु पछि किरण धेरै रोएको हुँदा उनलाई फुल्याउन अरु यात्रुले आमाको काखमा राखेको फोटा सामाजिक सञ्जालमा भाइरल भएको छ। यो तस्बिर बसमा यात्रारत कुनै यात्रुले खिचेर सामाजिक सञ्जालमा राखेपछि त्यसलाई सयौं फेसबुक प्रयोगकर्ताले सामाजिक सञ्जालमा राखेका छन्।
यो समाचार सेतो पाटी बाट साभार गरिएको हो ।