मृत्यु रहस्यमय हुनु दुखद घट्नाः अध्यक्ष श्रेष्ठ

रामेछाप । नेकपा एमालेका अध्यक्ष आनन्द श्रेष्ठले स्वर्गिय नेता मदन भण्डारीको मृत्यु रहस्यमय हुनु दुखद घट्ना भएको बताएका छन् । तत्कालीन महासचिब मदन भण्डारी र संगठन विभागका प्रमुख जीवराज आश्रीत को २८ औ स्मृति दीवसको अवसरमा सालीकमा माल्यअर्पण गर्दै अध्यक्ष श्रेष्ठले २८ बर्ष वितिसक्दा पनि उहाँहरुको मृत्यु रहस्यमयनै हुनु दुखद घटना भएको बताएका छन् ।

नेकपा एमाले रामेछापले आज  स्वर्गिय नेता मदन भण्डारी र जीवराज आश्रीतलाई सम्झना गर्दै मदन आश्रीत चोकमा रहेको सालीकमा नेता तथा कार्यकर्ताहरुले फुल माला अर्पण गरेका थिए । मदन भण्डारी र जीवराज आश्रीतको २०५० साल जेठ २ गते चितवनको दासढुङ्गमा सडक दुर्घटनामा परि रहस्यमय ढंगले मृत्यु भएको थियो । सोहि अबसर पारेर पार्टिले केहि दिन अघि कोभिड संक्रमण बाट ज्यान गुमाएका एमाले नेता पशुपति चौलागाईको तस्वीरमा पनि माल्यारपर्ण गरेर उहाँको योगदानको पनि चर्चा गरेका थिए ।

Facebook Comments Box