मुलुक थप जटिलतामा फस्दै गएको पुर्व राजा ज्ञानेन्द्रको टिप्पणी

(161020) -- KATHMANDU, Oct. 20, 2016 (Xinhua) -- Nepalese Former King Gyanendra Shah speaks during the International Grand Hindu Conference in Kathmandu, Nepal, Oct. 20, 2016. More than 1,000 Hindus from across the globe have gathered in Nepal on Thursday to participate in the International Grand Hindu Conference. (Xinhua/Sunil Sharma) (dtf)

काठमाडौंः देश थप जटिलता तर्फ प्रवेश गरेको पुर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहले टिप्पणी गरेका छन् । फल्गुण ७ गते मनाइने प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश दिदैं पुर्व राजा ज्ञानेन्द्रले यस्तो टिप्पणी गरेका हुन । ७१औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा जारी गरिएको शुभकामना सन्देशमा प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम बिधि भएको धारणा व्यक्त गरिएको छन् ।
विश्वमान्य प्रजातन्त्रको सिद्धान्त अनुरुप नेपालमा प्रजातान्त्रिक बिधि व्यवहार अघि बढोस् भन्ने सबैको आकांक्षा पूरा गर्न तर्फ सबै केन्द्रित हुनु पर्ने र जनताको भावना कसैले मेट्न नसक्ने समेत उनले जिकिर गरेका छन् । उनले प्रजातन्त्र प्राप्त गरेको ७० वर्षसम्म पुगिसक्दा समेत नेपाली सोही प्रजातन्त्रकै लागी लड्नु दुःखद भएको धारणा व्यक्त गरेका छन्

Facebook Comments Box