मालपोत अधिकृत जोशी घुस रकम सहित पक्राउ ।

कञ्चनपुर । जिल्ला मालपोत कार्यालय कञ्चनपुर, महेन्द्रनगरमा कार्यरत मालपोत अधिकृत लोकराज जोशीलाई २४ हजार नगद घुस रकम सहित प्रकाउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विशेष सुचनाको आधारमा जोशीलाई घुस रकम सहित पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस रकम लिइरहेको सूचनाको आधारमा आयोगको टोलीले मालपोत अधिकृत जोशीलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका मालपोत अधिकृत जोशी माथि थप अनुसन्धान अगाडि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरिश्चन्द्र जोशीले जानकारी दिए ।
Facebook Comments Box