माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

दोलखा । बहुचर्चित राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण कार्य लगभग सम्पन्न भएको छ । बिगत १० बर्षदेखी दोलखाको विगु गाउँपालिका– १ लामाबगरमा निर्माणाधीन आयोजनाको मुख्य सुरूङमा आदेखि पानी छाडिने आयोजनाले बताएको छ । स्वदेशी लगानीमा निर्धाणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले वैशाख भित्रै विद्युत उत्पादन थाल्ने भएको छ । कुल ४ सय ५६ मेगावाट क्षमताको यस आयोजनाले बैशाख भित्रै ६७ मेगावाट उत्पादन थाल्ने बताइएको छ ।
आयोजनाकै सबभन्दा जटिल मानिएको ३ सय १० मिटरको माथिल्लो र ३ सय ७३ मिटरको तल्लो भर्टिकल सुरुङको बीचको तेर्सो भागमा जडान थालिएको पेनस्टक पाइपको कार्य सम्पन्न भइसकेको छ । यससंगै मुख्य सुरुङमा पानी हालेर परीक्षण सुरु गर्न लागिएको हो । परीक्षण सफल भएमा यसै महिनाभित्र विद्युत उत्पादन सुरू हुने आयोजनाले बताएको छ । सिभिल र हाइड्रो मेकानिकल संरचनामा पानी परीक्षण कार्य सहुनेछ । यो कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युतगृहमा जडान गरिएका ६ वटा टर्बाइन र ६ वटा जेनेरेटरहरूको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुने बताइएको छ । सोही क्रममा पहिलो युनिटबाट २०७८ वैशाख मसान्तसम्म विद्युत् उत्पादन शुरु हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्यले बताए  ।

Facebook Comments Box