माओबादीका घाइते, अपाङ्ग र शहिद परिवारलाई केपी ओलीले पाल्न सक्दैनन्– नेता बस्नेत

Written by meropradesh creator

१६ माघ २०७७, शुक्रबार

रामेछाप । नेकपा ओली समुहका केन्द्रीय सदस्य महेश बस्नेतले पूर्व माओवादीका घाइते, अपाङ्ग र सहिद परिवारलाई केपी शर्मा ओलीले पाल्न नसक्ने बताएका छन् । सो कुरा उनले बिहिबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजित युवा विद्यार्थीको भेलामा बताएका हुन् ।
पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले पुर्व माओवादिलाई सुँगुरको संज्ञा दिँदै फुटेका पुर्व एमालेहरू मयुर र नेतृत्व तहमा रहेका माधब र प्रचण्डहरूलाई लंगुर बाँदरको संज्ञा दिंदै सुंगुर,मयुर र लंगुर मिलेर नेकपा रुपि अंगुर सक्ने प्रयास गरेको भन्दै उनीहरु प्रति आक्रोस पोखे ।अधिकांस समय प्रधानमन्त्री केपी ओलीको प्रशंसा मात्रै गरेर भाषण गरे । आफ्ना नेता ओलीको प्रशंसा गर्दै प्रचण्ड र माधब नेपालले नेकपा समाप्त पार्ने उनीहरुको षडयन्त्र बिरुद्व नेकपाले मेचि महाकाली अभियान शुरु गरेको भन्दै अभियानमा साथ दिन सबै पक्षलाई आग्रह समेत गरे । आफ्ना पार्टीका केही नेताहरु झुक्कीएर सुंगुर सँग मिसिन गएका मयुर नेताहरुलाई नेकपामा फर्काएर नेकपालाई दर्विलो पार्टीको रुपमा स्थापीत गराउने पनि बस्नेतले बताए ।
नेता बस्नेतले अहिलेका प्रधानमन्त्री केपी ओली राजनीतिक क्षेत्रका पशुपति नाथ भएको ठोकुवा गरे । उनले भने –ओलीले सबै जनताको चाहना र भावनालाई बुझेर काम गर्ने नेता भएकोले नेकपाको आधिकारीक पार्टी पनि अध्यक्ष केपी ओलीलेनै नेतृत्व गरेको कम्युनिष्ट पार्टि हो । सरकारको नेतृत्वकर्ताको हैसियतले जनताको पक्षमा धेरै काम गरेर मन जित्दै अघी बढ्दै गरेका प्रधानमन्त्रीलाई असहयोेग गरेर प्रचण्ड र नेपाल समुहले आफुहरुले नेतृत्व गरेको कम्युनिष्ट पार्टी असली कम्युनिट भन्नुले सिङ्गो कम्युनिष्ट पार्टी र सुर्य चिन्हकै अपमान भएको भन्दै नागरिकले रुचाएको सुर्य चिन्हमा आँखा नलगाई निर्बाचन आयोगमा गएर आधिकारी नयाँ पार्टी दर्ता गराएर निर्बाचनमा जान समेत नेपाल र दाहाल समुहलाई चुनौती दिए ।
कार्यक्रममा बोल्दै बस्नेतले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारले गरेको राम्रा काम देखेर बिरक्तिएका गद्दारहरुका कारण मुलुक दुर्घटनामा जान लागेपछि प्रधानमन्त्रीले बाध्य भएर ताजा जनादेशमा जाने निर्णय गरेका हुन् । प्रधानमन्त्रीले गरेको निर्णयलाई सार्थक बनाउन निर्बाचनको तयारीमा लाग्न सबै युवा विद्यार्थिहरुलाई आग्रह समेत गरे । नेता बस्नेतले भने– तोकिएकै समयमा निर्वाचन हुन्छ भन्ने कुरालाई हामिले प्रचार गर्दै नयाँ नेपाल बनाउने केपी ओलीको सपनालाई सार्थक बनाउने राष्ट्रिय अभियानमा सबै गोलबद्व हुन जरुरी छ ।
कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले केपी समुह माहुरी र प्रचण्ड नेपाल समुह झींगा भएको बताए । उनले भने अब नेकपा का कार्यकर्ताहरुले माहुरी रोज्ने कि झींगा रोज्ने त्यो उनीहरुको रोजाइको बिषय हो मैले केही भन्न मिल्दैन् । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा राम्रा काम गरेको तर त्यो उनीहरुले देख्न नसकेको र ओलीलाई अरु थप काम गर्न नदिएको आरोप मन्त्री ढुंगेलले लगाए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यद्वय कमल चौलागाँई र माधब ढुंगेल लगाएतका नेताहरुले ओली सरकारको नेतृत्वमा भएका कामको प्रशंसा गर्दै बाध्यात्मक अबस्थामा प्रधानमन्त्रीले नयाँ जनादेशमा जान चाहेको दाबी गर्दै तोकिएकै समयमा निर्बाचन हुने भएकाले ढुक्क भएर निर्बाचनको तयारीमा जुट्न पनि युवा विद्यार्थीलाई आग्रह गरेका थिए ।ओलिको पक्षमा विभिन्न नारावाजी गदै मन्थलीमा विरोध र्याली समेत प्रदर्शन गरिएको थियो । मन्थली स्थित सुकाजोर खोलाबाट सुरु भएको मोटरसाइकल र्याली सहितको जुलुसले मन्थली वजार परिक्रमा गरी जिल्ला समन्वय समितिको प्राङ्गडमा कोण सभा गरेको थियो ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...