महिला उद्यमी संघको अधिवेशन सम्पन्न ःअध्यक्षमा अपना

रामेछाप, रामेछाप महिला उद्यमी संघको प्रथम वार्षिक साधारण सभा एबं जिल्ला अधिवेशन सम्पन्न भएको छ । प्रथम वार्षिक साधारण सभा एबं जिल्ला अधिवेशनले अपना श्रेष्ठको अध्यक्षतामा ११ सदस्सिय कार्यसमिति निर्विरोध गठन गरेको छ ।
रामेछाप महिला उद्यमी संघको प्रथम वार्षिक साधारण सभा एबं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा इन्दिरा कुमारी बख्रेल, महासचिवमा सरस्वती बराल, सचिवमा मञ्जु घिमिरे र कोषाध्यक्ष मेनुका महत (खड्का), रहेका छन् । त्यस्तैगरी सदस्यहरुमा तारादेवी थपा, तारादेवी भण्डारी,रीता आचार्य (ढुंङ्गेल), डम्वर कुमारी भण्डारी विमला थापा र रमिता कोइराला रहेका छन् ।
रामेछाप महिला उद्यमी संघकी अध्यक्ष सुमिका श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार वस्नेतले गरेका थिए ।
कार्यक्रममा वोल्दै नगर प्रमुख बस्नेतले उद्यम गर्ने मन्थली नगर क्षेत्रका जुनसुकै महिला लाई पनि नगरपालिकाले सहयोग गर्ने बताए । बस्नेतले उद्यम गर्ने महिलाहरुलाई न्यून व्याजदरमा कर्जा प्रवाह गर्ने कार्यक्रम समेत सरकारले ल्याएको जानकारी दिए । उनले महिला हरुको नामवाट उद्योगधन्दा कल कारखाना दर्ता गर्ने लाई विषेश प्राथमिकतामा राख्ने वताउदै उद्यमी महिलाहरुको सिप विकास र नेतृत्व विकासमा नगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने बताए ।