महिला उद्यमी संघका पदाधिकारीले गरे पदभार ग्रहण

रामेछाप । रामेछाप महिला उद्यमि संघका नवनिर्बाचित पदाधिकारीहरुले सपथ संगै आफनो पदभार ग्रहण गरेको छन् । रामेछाप उद्योग वाणिज्य संघको कार्यालयमा शुक्रबार एक औपचारिक कार्यक्रमका बीच संघका नबनिर्बाचित पदाधिकारीहरुले सपथ संगै पदभार ग्रहण गरेका हुन् । सहमतिका आधारमा बनेको उक्त समितिमा आबद्ध पदाधिकारीहरुलाई नेपाल उद्योग वाण्ज्यि महासंघ अन्र्तगतको घरेलु तथा साना उद्योग विकास समितिका नव निर्बाचित सदस्य तथा रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशबप्रसाद घिमिरेले सपथ ग्रहण गराएका हुन् ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका घिमिरेले नबनिर्बाचित महिला उद्यमी संघकी जिल्ला अध्यक्ष अध्यक्ष अपना श्रेष्ठलाई सपथ गराएका थिए भने अध्यक्ष श्रेष्ठले अन्य सबै पदाधिकारीहरुलाई एकमुष्ठ रुपमा सपथ गराएकी थिइन । सपथ ग्रहण कार्यक्रममा संस्थाकि उपाध्यक्ष ईन्दीरा बख्ररेलले संस्थाले चाडै नै महिलाहरुको नेतृत्व तथा क्षमता विकास, चुरा, पोते, धागो तथा बुटिक जस्ता तालीम संचालन गर्ने र त्यसको बजारी करणको लागी संस्थाले आबश्यक बातावरण निर्माण गर्न लागेको जानकारी दिइन ।

माघ १७ गते सम्पन्न प्रथम अधिबेशनले अपना श्रेष्ठको अध्यक्षता १० सदस्यीय समिति निर्विरोध चयन गरेको थियो ।प्रथम अधिबेशन बाट उपाध्यक्षमा इन्दिरा बख्रेल,महासचिवमा सरस्वती बराल ,सचिवमा मञ्जु घिमिरे र कोषाध्यमा मेनुका खड्का महत सदस्यहरूमा तारा देबि थापा,तारा देबि भण्डारी ,रिता ढुङेल ,बिपना थापा र डम्बर कुमारी भण्डारी चयन भएका थिए । सपथ ग्रहणपछि संस्थाकी निबर्तमान अध्यक्ष सुमिका श्रेष्ठले सबै पदाधिकारीहरुलाई बधाई दिंदै नब निर्वाचित अध्यक्ष अपना श्रेष्ठलाई संघको माईन्युटबुक हस्तानतरण गरेकी थिइन । संघले सोही कार्याक्रमको अबसर पारेर घरेलु तथा साना उद्योग विकास समितिका नव निर्बाचित सदस्य तथा रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशबप्रसाद घिमिरेलाई पनि सम्मान तथा कार्यालयमा स्वागत गरेका थिए ।
पदभार ग्रहण तथा नबनिर्वाचित महिला उद्यमी संघको सपथ कार्यक्रममा रामेछापका उद्यमी महिलाहरु, रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नबीनकुमार थापामगर र जिल्लाका विभिन्न संचारमाध्यमका संञ्चारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

Facebook Comments Box