मन्थली– ८ अक्सिजन सहितको आईसुलेसन कक्ष

रामेछाप । विश्वमा पछिल्लो समयमा कोभिड १९ को माहामारीले गाउँ गाउँलाई समेत संक्रमित गराई रहेको बेला मन्थली नगरपालीका ८ चिसापानीका सक्रिय युवाहरुले अक्सिजन सहित ३ बेडको आईसुलेसन कक्ष स्थापना गरेका छन् । समाजमा कृयाशिल तीन वटा संस्था समावेसि बचत तथा ऋण सहकारी संस्था,सृजजसिल युवा समाज र चिसापानी एकता समाजको सहयोगमा उक्त आईसुलेसन कक्ष स्थापना गरिएको हो ।
चिसापानी आर्युवेदिक स्वास्थ केन्द्रको भवन भित्र स्थापना गरिएको आईसुलेसन केन्द्रको उद्घाटन मन्थली नगरपालीकाका प्रमुख प्रशासकिए अधिकृत लिला राज पौडेलले गर्दै सबै संघ संस्थाले यतीबेला समाजीक दायित्व बहन गर्ने समय भएको भन्दै आर्युवेदिक स्वास्थ केन्दलाई सहयोग गरेकोमा धन्यवात समेत दिए । ८५ हजार भन्दा बढिको लागतमा स्थापना गरिएको आईसुलेसन कक्षलाई हाल कोरोना अल्प कालीन सेवा केन्द्र नामाकरण गरिएको स्थानिय अगुवा एबं जिल्ला आर्युबेद स्वास्थ केन्द्र मन्थलीका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।