रामेछाप । मन्थली नगरपालिकाबाट जाजरकोट र पश्चिम रुकुमका भुकम्प पिडितहरुको उद्द्धार र सहयोगको लागी ५ लाख सहयोग गरेको छ । यहि कार्तिक १७ गते राती ११ः४७ मा गएको भुकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा १ सय ५३ जनाको मृत्य हुनका साथै ठुलो क्षती भएको थियो ।
नगरपालिकाले मंगलबार ३ लाख रुपैयाँ केन्द्रिय दैवि प्रकोप उद्धार कोषमा र २ लाख सिधै जाजरकोट जिल्ला प्रकोप उद्धारकोषमा पठाएको जनाएको छ । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाको रामिडाँडा केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरेर १ सय ५३ जनाको मृत्य भए सँगै ठूलो मात्रमा क्षति भएपछि संघिय सरकार संगै देश भित्र र बाहिरबाट सहयोग गर्ने संख्या वढ्दै जाँदा मन्थलीले पनि उक्त रकम सहयोग स्वरुप पठाएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी प्रसाद चापागाईले जानकारी दिए ।
घर भत्कीएर घाईते भएको विकराल घटनाका प्रभावितहरुका लागि थोरै भएपनि राहत पुगोस भनेर मन्थली नगरले उक्त रकम सहयोग गरेको हो । मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले विपद्मा परेको बेलामा एक नेपालीले अर्काे नेपालीलाई सहयोग गर्नु नेपालीको दायीत्व भएकोले मन्थली नगरपालिकाले पनि सहयोग स्वरुप उक्त रकम पठाएको जनाएको छ ।