मतदाता नामावली आजबाट संकलन सुरु

Written by meropradesh creator

५ चैत्र २०७७, बिहीबार

रामेछाप । रामेछाप लगाएत देशभर आजबाट मतदाता नामावली संकलन गर्ने काम शुरुहुने भएको छ । निर्वाचन आयोगले यस अघि वन्द गरेको मतदाता नामावली संकलन कार्य पुनः आज बाट खुल्ला गरेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेपछि मतदाता नामावली संकलनको काम स्थगित भएको थियो ।

देशभरका ७७ वटै जिल्ला निर्वाचन कार्यालयहरु वाट मतदाता नामावली संकलन गर्ने कार्यक्रम खुल्ला गरिएको भन्दै निर्वाचन आयोगले ७७ वटै जिल्लाहरुलाई पत्रचार गरेको छ । निर्वाचन आयोगको वुधवार वसेको बैठकले विहिवार देखि जिल्लाका सबै निर्वाचन कार्यालयहरूमा मतदाता नामावली संकलन र अध्यावधिक गर्ने निर्णय गरेको हो ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...