मकवानपुरको प्रतापपुरबाट गैँडा गडना शुरु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं–७ रमौली प्रतापपुरबाट दुलर्भ मानिएको एकसिंगे गैडाको गडानाको काम सोमबारवाट शुरु भएको छ ।
वन तथा भूसंरक्षणमन्त्री प्रेम आलेमगरले हात्तिमाथी चढेर गैंडा गडनाको काम शुरुवात गरेका हुन् । गैंडा गडानाको लागि हात्तीको वथान लिएर शुरुवात गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जसहित गैंडा पाइने नेपालका विभिन्न निकुञ्जमा ६ वर्ष पछि एकसिंगे गैँडाको गडना हुन लागेको हो ।
पछिल्ला केही वर्ष देखी गैँडाको चोरी सिकार नियन्त्रणमा कमी आएपनि अन्य कारणले गैँडा मर्ने समस्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा चोरी सिकारीवाट गैँडा मर्ने संख्या शून्य भएपनि पछिल्लो समयमा अन्य कारणले ४३ वटा गैँडा मरेको चितवन निकुञ्ज कार्यालयले जनाएको छ ।
सन् २०१५ को गणनामा नेपालमा ६ सय ४५ वटा गैँडा थिए, जसमध्ये चितवन निकुञ्जमा मात्रै ६ सय ५ वटा गैँडा थिए । गणनापछि चितवन निकुञ्ज र आपसपासको वन क्षेत्रहरुमा १ सय ६१ वटा गैँडा मरेको निकुञ्जका प्रमसख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । उनका अनुसार चोरी सिकारीवाट ६ वटा गैँडा मरेका छन् भने १ सय ५५ वटा गैँडा उमेर पुगेर र केही प्राकृतीक कालगतीले मरेको हुन् ।


प्रत्येक ५-५ वर्षमा गैँडाको गडना गर्ने सरकारको निती रहेको छ । नेपालमा एकवर्ष अघि नै गैँडाको गडाना गरिनुपर्नेमा विश्वभर फैलिएको कोरोना महामारीका कारण गडना गर्न नसकिएको हो । विश्ववाट लोप हुन लागेको गैँडा दुर्लभ वन्यजन्तुमा पर्दछ । नेपाल सरकारले गैँडा मारेमा वा गैँडाको अङ्ग किनबेच गरेको खण्डमा वा ओसारपसार गरेमा १५ वर्ष कैद र १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था गरेको छ ।

Facebook Comments Box