रामेछाप । भैसेसुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आज शुक्रबार भवन उद्घाटन भएको छ । जिल्ला सदरमुकाम मन्थली वडा नम्बर १ मा रहेको खानेपानीको उद्घाटन गदै मन्थली नगरपालिकाका नगरप्रमुख लब श्रेष्ठले समितिले गरेको कामको प्रसंशा गर्दै नगरपालिकाको साथ सधै रहने बताए । नगरपालिकाले आवश्यक्ताको आधारमा सहयोग गर्न तयार रहेको बताए ।
२०५६ सालमा स्थापना भएको भैसेसुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले १ सय ६० घर धुरीलाई निशुल्का खानेपानी बितरण गर्दै आएको छ । भवन उद्घाटनको अवसर पारेर सहयोग दाताहरुलाई प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान समेत गरेको छ ।