काठमाडौँ । नेपाल सरकारबाट पारित भई मिति २०७७ पुष ७ गतेको नेपाल राजपत्रमा भूमिसम्बन्धी नियमावली(अठारौँ संशोधन) २०७७ प्रकाशन भएको छ । अब भूमिको द्वैध स्वामित्व अन्त्य, जग्गाको हदबन्दी व्यवस्थापन, भीमहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासी व्यवस्थापन जस्ता कार्य सम्पादन गर्न यस नियमावलीको कार्यान्वयनले महत्त्वपूर्ण भूमिका खेल्ने भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको चलानी नं. १३४÷६५२ र मिति २०७७ पुस ७ गतेको पत्रबाट भूमिसम्बन्धी नियमावली(अठारौँ संशोधन) नेपाल सरकार मन्त्रिपरिषदबाट पारित भएको हो । यस नियमावलीले व्यवस्था गरेका प्रक्रियाहरू कार्यान्वयन गर्ने सम्बन्धमा स्थानीय तहहरूको महत्त्वपूर्ण योगदान हुने भएकाले सबै स्थानीय तहलाई नियमावली कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयले स्थानिय तहलाई अनुरोध समेत गरेको छ ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...