काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा सुदूरपश्चिम प्रदेश इनचार्ज भिम रावललाई आर्थिक हिनामिना गरेको भन्दै कार्बाही गर्न ओली समूह सुदूरपश्चिम कमिटीले सिफारिस गरेको छ । ओली समूह सुदूरपश्चिम कमिटीले रावलले आर्थिक हिनामिना गरेको भन्दै कार्बाही गर्न सिफारिस गरिएको बताइएको छ । नेकपा विभाजन अगाडि रावल सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका थिए । ओली समूहले रावललाई पार्टी इन्चार्जबाट हटाएर आफ्नो समूहका नेता लेखराज भट्टलाई अहिले पार्टी इन्चार्ज बनाएको छ ।
उद्योग मन्त्री भट्टले इन्चार्जको भूमिका पाएपछि बसेको पहिलो बैठकले नेता रावललाई कार्बाहीको सिफारिस गर्ने निर्णय गरेको हो । ओली समूहले रावलको इन्चार्जको जिम्मेवारी खोसे पनि अझै केन्द्रीय कमिटी सदस्यबाट हटाएको छैन । नेकपा प्रचण्ड–माधव समूहको सुदूरपश्चिम इन्चार्ज रावलले भने वैधानिक नेकपा आफूहरु भएकाले पार्टी कोषबारे सोधखोज गर्ने अधिकार अर्को समूहलाई नभएको बताउँदै आएका छन् । ओली समूहको प्रदेश बैठकले प्रदेश कमिटी समेत बिस्तार गरेको छ । यो समूहले सुदूरपश्चिम प्रदेश कमिटी ५५१ सदस्यीय बनाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...