भवन पुनर्निमार्ण नहुँदा चिज उत्पादनमा समस्या

Written by meropradesh creator

२४ माघ २०७७, शनिबार

रामेछाप । जिल्लाको गुम्देल गाविसमा रहेको चिज उत्पादन केन्द्र थोदुङ्गको भवन भूकम्पले भत्काएपछि पुननिर्माण हुन नसक्दा चिज उत्पादनमा समस्या भएको छ ।
जिल्लाकै जेठो र सरकारी स्वामित्वमा रहेको चिज उत्पादन केन्द्रको भवन भत्किएपछि उत्पादन भएको चिज भण्डारण गर्न र कृषकले ल्याउने दूध राख्न समेत समस्या भएको कर्मचारीको भनाई छ । चिज उत्पादन र भण्डारणको समस्या मात्रै हैन भवन नहुँदा कर्मचारीको दैनिकी पनि कष्टकर बनेको छ । सो ठाउँमा वर्षैभरी चिसो हुने र फागुन चैत्रसम्म हिँउ पर्ने भएकाले जस्ताको टहरामुनी बस्दा सारै कष्ट भएको चिज उत्पादन केन्द्रका कर्मचारी जितबहादुर जिरेलले वताए ।
उनले भने– भवनको अभावमा चिज कारखानामा प्रयोग हुने सामाग्रीहरु समेत बाहिरै खुल्ला चौरमा राख्ने गरिएको छ । चिज बनउने मेशिन बाहेक सबै सामाग्री खुल्ला चौरमै राखिएको छ । दुग्ध संस्थान केन्द्र लैनचौरमा पटक–पटक आफ्नो समस्याको बारेमा जानकारी गराउँदा पनि सुनुवाई नभएको कर्मचारी जिरेलले गुनासो गरे । कार्यालयको नियम अनुसार काम गर्न समय लाग्ने भन्दै केन्द्रले आलटाल गरेको कर्मचारीले गुनासो गरे ।
वि.स.२०१५ सालमा स्थापना भएको थोदुङ्ग चिज उत्पादन केन्द्र रामेछापको एकमात्र सरकारी स्वामित्वमा रहेको चिज उत्पादन केन्द्र हो । सो केन्द्रमा अहिले २२ चौरी गोठबाट दूध आउने गरेको छ । दूध कृषकलाई समयमै पेस्कि रकम दिन नसक्दा केही कृषकहरु निजी चिज उत्पादन केन्द्रमा गएको कर्मचारीले बताए । गुम्देलको अधिकांस शेर्पा समुदायले चौरीको दूध बेचेर जीविकोपार्जन गर्दै आएका छन् ।


चौरी दूध ब्यवसायिहरुले वर्षमा २ लाख ५० हजार रुपैयाँसम्म नाफा कमाउने गरेको चोरी पालक आङ्गफुर्वा शेर्पाले वताए । विगतका वर्षहरुमा जेष्ठ महिनाबाट चिज उत्पादन गर्न सुरु हुने गरेको भए पनि पछिल्ला वर्षहरुमा चौरी छिट्टै ब्याउँन थालेपछि चैत्रदेखि असोज महिनासम्मलाई चिज उत्पादनको मौसमी महिनाको रुपमा लिने गरिएको छ ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...