भटौलीका ४५जना बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण

रामेछाप । मन्थली नगरपालिका वार्ड नं ७, भटौलीकोमा रहेको नबदुर्गा प्राथमिक बिद्यालयमा अध्यनरत ४५ छात्र छात्राहरुलाई शुभेच्छुक हातहरु नामक सस्थाले न्यानो कपडा बितरण गरेको छ । दलितहरुको बाहुल्यता रहेको बिद्यालयमा सुर्यबिनायक, भक्तपुरमा रहेको उक्त सस्थाले न्यानो कपडा बितरण गरेको हो ।
न्यानो कपडा बितरण कार्यक्रममा संस्थाका कोषाध्यक्ष दिपक पौडेलले बिद्यालय लगाएत अन्य क्षेत्रमा नियमित समस्यामा परेकाहरुका लागि सहयोग गरिरहेको जानकारी गराउदै सबैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सके अप्ठ्यारोमा परेका ब्यतmी तथा संस्थाहरुलाई ठूलो सहयोग पुग्ने बताए । सहयोग गर्न धन होईन मन चाहिने बताउदै सस्थाले गरेको सानो सहयोगलाई ठुलो मनले स्वीकार्ने बिद्यालय, सम्पुर्ण बिद्यार्थीहरु तथा अबिभाबकहरुलाई धन्यबाद समेत दिए ।
सस्थाका अध्यक्ष खडानन्द (कृण्ण)घोरसाईनीले आगामी दिनमा पनि नियमित सहयोगको वाताबरण बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । कुनै पनि बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुले अध्यन सामाग्रीको अभाबमा बिद्यार्थीहरुको पठनपाठन प्रभाबित हुन नदिन सबैले चासो तथा चिन्ता लिनुपर्ने बताए ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष छत्र बहादुर मुग्रातीले सहयोगी मन र सहयोग लिएर बिद्यालय आएकोमा शूभेच्छुक हातहरु प्रति आभार प्रकट गर्दे यस्ता खालका सहयोगले बिद्यार्थीहरुको बिद्यालयमा उपस्थिती नियमित हुन सहयोग पुगेको बताए । कार्यक्रममा मन्थली नगरपालिका वडा नं ७ का दलित वडा सदस्य पबित्रा सार्कीको पनि उपस्थिती थियो भने कार्यक्रम बिद्यालयका प्रधानाध्यापक दुर्गा कुमारी श्रेष्ठले संचालन गरेकी थिईन ।

Facebook Comments Box