भट्टराई र बस्नेत जेसीजका सल्लाहकार र निर्देशकमा मनोनित

रामेछाप– नेपाल जेसीजको सल्लाहकार (एड्भाइजर टु बीओडी) मा आकाश भट्टराई मनोनित भएको छ भने नेपाल जेसिजको आयोजना तथा रामेछाप जेसिजको आतिथ्यतामा हुने क्षेत्र ‘ग’ सम्मेलन वर्ष २०२१ का लागि सम्मेलन निर्देशकमा भिमसेन बस्नेत मनोनित भएका छन् । रामेछाप जेसिज वर्ष २०१८ का अध्यक्ष समेत रहेका भट्टराईलाई नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले नेपाल जेसीजको वर्ष २०२१ को सल्लाहकार (एड्भाइजर टु बीओडी) मा मनोनित गरेका हुन् । वर्ष २०२१ लाई थप उचाई प्रदान गर्न सक्रिय अपेक्षा सहित नेपाल जेसीजको विधान परिच्छेद ८ को धारा ८.४ बमोजिम नेपाल जेसीज वर्ष २०२१ को ‘एड्भाइजर टु बीओडी’ पदमा मनोनयन गरिएको राष्ट्रि अध्यक्ष अरुणेश्वर खनालले मनोनित गरेको पत्रमा उल्लेख गरेको छ ।

बस्नेतलाई भने क्षेत्र ‘ग’ सम्मेलनको निर्देशक बनाउने निर्णय गरिएको अध्यक्ष जिवन कार्कीले बताए । बस्नेत रामेछाप जेसिज वर्ष २०१६ का अध्यक्ष समेत हुन् । नेपाल जेसिजको आयोनामा रामेछापमा हुने सम्मेलनको रामेछाप जेसिज आतिथ्यतामा हुने क्षेत्र ‘ग’ अन्तरगतका ३५ वटा शाखाका जेसिज प्रतिनिधिहरुका सार्थै देशभरका शाखाका जेसिज प्रतिनिधीहरु रामेछापमा सहभागिता हुने जेसिज वर्ष २०२१ का अध्यक्ष कार्कीले जानकारी दिए । सम्मेलन सन् २०२१ भित्रै  रामेछापमा सम्पन्न हुने छ ।

Facebook Comments Box