भगवान् पछिको भगवान् डाक्टर हो – काँग्रेस नेता कोइराला

रामेछाप । भगवान पछीको भगवान भनेको डाक्टर भएको नेपाली कांग्रेसका पुर्व महामन्त्री डाक्टर शशांक कोइराराले बताएका छन् । जिल्ला अस्पताल रामेछापमा गंगालाल फाउन्डेसनले संचालन गरेको मुटुरोग सम्बन्धि स्वास्थ्य शिविरमा सम्बोधन गर्दै नेता कोइरालाले डाक्टरी पेशा सबै भन्दा ठुलो पेशा भएको बताए । राजनितिक क्षेत्रमा विवेक प्रयोग गरेर नहुने भन्दै डाक्टरी पेशामा भनेको आफ्नो विवेक प्रयोग गरेर उपचार गर्न सकिने भएकोले बिरामीहरुको सेवा हृदयबाट विवेकको प्रयोग गरेर गर्नुपर्ने बताए ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले डाक्टरहरुलाई आफ्नो दक्षता नागरिकको सेवामा प्रयोग गर्न समेत आग्रह गरेका छन् । नेता कोइरालाले भने ‘शिविरमा आएका बिरामीलाई आफ्नै आमा÷बुबा, दाजुभाइ भनेर हेर्नुहोस्, अरु मान्छे भन्ने नठान्नुस् । भगवानको मुनितिर कोही छन् भने डाक्टरहरु छन् ।’ आफू डाक्टरी पेसा छोडेर राजनीतिमा आएको प्रसङ्ग जोड्दै नेता कोइरालाले भने– ‘डाक्टरी पेसा आफ्नो दिमाग प्रयोग गरेर उपचार गर्ने हो, आफ्नो हातले गर्ने हो तर राजनीति कहिल्यै पनि आफ्नो कन्ट्रोलमा हुँदैन ।


राजनीतिमा विभिन्न खाले उथलपुथल हुन्छ त्यसमा रमाउन सक्नुपर्छ, म रमाइरहेको छु ।’ सर्वश्रेष्ठ पेसा कुनै छ भने त्यो डाक्टरी पेसा छ कोइरालाले भने । एकदिने शिविरमा ३ सय ५० जनाको स्वास्थ्य जाँच गरिएको सहिद गङ्गालाल प्रतिष्ठानका उपाध्यक्ष नरेश महर्जनले जानकारी दिए । शिविरका लागि सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबाट चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुको जम्बो टोली रामेछाप जिल्ला अस्पताल पुगेका थिए । जिल्लामै मुटु रोग सम्बन्धी स्वास्थ्य जाँच गराउन पाउँदा सेवाग्राही पनि खुसी भएका छन् । शिविरमा निःशुल्क, छिटो र राम्रो सेवा पाइएको रामेछाप नगरपालिका–३ का सेवाग्राही सन्तोषकुमार प्रधानले बताए । यस्ता स्वास्थ्य शिविरहरु गाउँगाउँसम्म लैजानु पर्ने उनको भनाइ छ । रामेछाप जिल्लामा मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको यो पहिलो पटक हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

काठमाण्डौं । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा शिशुको जन्मपछि फरार रहेकी ललितपुरकी २८ वर्षीय रेणुका पहरीलाई सम्पर्कमा आउन नेपाली दूतावास आबुधावीले आग्रह गरेको छ । युएईको लतिफा हस्पिटल दुबईमा गएको अगस्त १६ मा अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएकी पहरीले जन्म दिएको...

अमरध्वज लामा रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त

अमरध्वज लामा रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकमा मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अमरध्वज लामा नियुक्त भएका छन् । सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।मन्त्रालयका...

दोरम्बामा भालुको आक्रमण ः घाइतेलाई उपचारको लागी काठमाण्डौं लगियो 

दोरम्बामा भालुको आक्रमण ः घाइतेलाई उपचारको लागी काठमाण्डौं लगियो 

रामेछाप । भालुको आक्रमणबाट दोरम्बा सैलुङ गाउँपालिकामा एक जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमण बाट घाइते भएका दोरम्बा सैलुङ गाउँपालिका–४ गौश्वरा तामचेतका भक्तबहादुर तामाङलाई सामान्य उपचार गरी थप उपचारका लागी काठमाडौँ लगिएको दोरम्बा सैलुङ गाउँपालिकाका उपाध्यक्ष...