रामेछाप । बैशाख मसान्तसम्म चौध जिल्लाका विद्यालयहरु बन्द गर्ने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको छ ।
सोमवार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले शहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । नेपालमा दोश्रो चरणको कोरोना संक्रमण फैलिएको र यसको नियन्त्रणका लागि तत्कालय शहरी इलाका विद्यालयहरु बैशाखभर बन्द गर्न सिसीएमसीले सरकारलाई लिखित रुपमा अनुरोध गरेको थियो । सिसीएमसिको सिफारिसको आधारमा मन्त्री परिषद्को बैठकले बैशखभर विद्यालय बन्द गराएर अनलाइन माध्यवाट पठनपाठन गराउने निर्णय गरेको हो ।
सरकारले विद्यालयसँगै होटल, रेष्टुरेन्ट, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगाएत धेरै भिडभाड हुने क्षेत्रहरुसमेत बैशाखभर बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै दर्शकरहित खेल गतिविधि गर्न रगंशालालाई भने छुट दिएको छ ।
केही दिनदेखी देशका ठूला शहरी क्षेत्रमा वढी मात्रामा कोरोना संक्रमितहरुको संख्या वढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढी भएको क्षेत्र किटान गरेको थियो । मन्त्रालयले वर्गिकरण गरेको क्षेत्र अन्तर्गत काठमाण्डौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, सुर्खेत, बारा, बागलुङ, कैलाली र दाङ रहेका छन् ।