बिद्यार्थीलाई पिरती लगाउन सिकाउने शिक्षक नियन्त्रणमा

Written by meropradesh creator

१५ बैशाख २०७८, बुधबार

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले बिद्यार्थीलाई प्रेम गर्न सिकाउने शिक्षकलाई नियन्त्रणमा लिएको छ । सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर १ घर भई खाँडादेबी गाउँपालिका वडा नम्बर ७ गाल्पामा रहेको श्री ज्वती उच्च माध्यामीक बिद्यालयका ४३ वर्षिय शिक्षक संजय रायलाई प्रकाउ गरेको हो । शिक्षक रायले सोही बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई प्रम प्रस्ताव राख्ने प्रेम गर्न पर्छ प्रेम गर्न म सिकाउछु भन्ने गरेको आरोपमा उनलाई प्रकाउ गरेको हो । गाल्पामा रहेको ज्वती उच्च माध्यमीक बिद्यालयमा कक्षा ११ मा अध्यनरत छात्रालाई बारम्बार फोन र म्यासेज गर्ने मोबाइल किनदिन्छु, नयाँ ठाउमा घुमाउनु लौजान्छु भनेर बिभिन्न किसिमको आर्थिक प्रलोभन देखाउने र प्रेम प्रस्ताव गर्ने अनावश्यक हैरानी दिने अमर्यादित अवान्छित र अस्वभाविक गतिविधी गरेको आरोपमा प्रकाउ गरी नियन्त्रीणमा लिएकोे जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुशन्धान भइरहेको र अनुशन्धान पछी दोषी ठहर भए आवश्यक कार्बाही गर्ने प्रहरीले जनाएको छ ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...