बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप दुई प्रहरी घाइते

cj}w ?kdf afn'jf pTvgg jL/u~h, @^ df3M k;f{sf] hu/gfyk'/ ufpFkflnsf j8f g+= ! lkk8f8L la;gk'/df /x]sf] cf]l/of vf]nfdf ef/tLo kIfn] cj}w ?kdf afn'jf pTvgg ub}{ . tl:a/M jL/]Gb| s0f{÷/f;;
पर्सा । बीरगञ्जमा भारीतय बालुवा तस्कार र सशस्त्र प्रहरीबिच दोहोरो झडप हुँदा सशस्त्र प्रहरीका दुईजना घाइते भएका छन् ।
भारतवाट नेपालतर्फको ओरिया खोलामा बालुवा लिन आएका उनीहरुलाई रोक्ने क्रममा दुई पक्ष बिच झडप भएको हो । झडपमा परी सशस्त्र प्रहरीका आयुष राय यादव र नरेश यादब घाइते भएका छन् । घाइते दुवै जनाको हाल नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
उनले भने– भारतीयहरु नेपालतर्फको ओरिया खोलामा बालुवा उत्खनन गरेर ट्याक्टरमा भारततर्फ लैजादै गर्दा ती ट्याक्टरहरुलाई नियन्त्रणमा लिने क्रममा झडप भएको हो । अहिले उक्त स्थानको अवस्था सामान्य रहेको प्रजिअ तामाङले बताए ।
पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाको पिपडारीमा पर्ने ओरिया खोलामा बालुवा उत्खन्न गरेर तस्कारहरुले लैजाने गरेका छन् । वर्षौदेखी नेपाली भूमिमा भारतियहरु प्रवेश गरेर नदीजन्य पदार्थ उत्खनन् गरेर लैजादा पनि सुरक्षा निकायले रोक्न सकेको अवस्था छैन् । बालुवा तस्कर गर्न आउने भारितयसँग पटक–पटक यसअघि पनि दोहोरो झडप हुँदै आएको छ ।