बालिका जर्बजस्ती गर्न खोज्ने युवक प्रक्राउ

रामेछाप । मध्यराती बालिका शौचालय गएको मौका छोपी बालिकालाई जर्वजस्ती करणी गर्न खोज्ने एक युवक प्रहरी खोरमा पुगेका छन् ।
गोकुलगंगा गाउँपालिका वडा नं ४ बेताली घर भएकी एक १२ बर्षिय बालिकालाई बुधवार राती शौचालय गएको मौका छोपी जर्बजस्ती करणी गर्न खोज्ने सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका वडा नं २ का २८ वर्षिय पवन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । केही समयअघिदेखी श्रेष्ठ बालिकाकै घरमा डेरा लिई रामेछापमा व्यवसाय संचालन गर्दै आएका थिए ।
शौचालय गएकी बालिकाको पछाडी लागेर गएका श्रेष्ठले शौचालयमा नै बालिकालाई समातेपछि बालिका चिच्चाएकी थिइन । बालिका चिच्चाएको आवाज सुनेपछि घर वरपरका सबै छिमेकी उठेर जर्वजस्ती करणी गर्न खोज्ने श्रेष्ठलाई समातेर हातखुट्टा बाधेँर बेताली प्रहरी चौकीमा जिम्मा लगाएका थिए ।
श्रेष्ठलाई प्रहरी चौकी बेतालीवाट अड्डा सार गर्दै जिल्ला प्रहरी कार्यालय रामेछाप ल्याएर जर्वजस्ती करणी मुद्धा दर्ता गरि रामेछाप जिल्ला अदालतवाट १० दिनको म्याद थप गरेर हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।