रामेछाप । सामुदायिक जनशक्ती विकाश कार्यक्रम गोल्माटारले रामेछाप नगरपालीकाको विभिन्न स्थानमा सञ्चालन गरेको वातावरण संरक्षण परियोजना फलदायी बन्दै गएको छ ।
सामुदायिक जनशक्ति विकास समाज गोल्माटारले रामेछाप नगरपालिका अन्र्तगत वडा नं–७ सुकाजोर ८ र ९ रामेछापमा पानिको मुहान संरक्षण, फलफुलको बिरुवा बितरण सामुदायिक वनमा बृक्षारोपण, गाईगोठमा मुत्र संकलनजस्ता बातावरण संरक्षणसँंगै किसानहरुको आयआर्जनलाई सहयोग पुग्ने अपेक्षा सहित कार्यक्रम संञ्चालन गरिएको वातावरण संरक्षण परियोजना रामेछापका संयोजक दिपक चौलागाईले जानकारी दिए ।
केहीबर्ष अघि देखि खिरेपानी खोलाको पानी रामेछाप बजार लगिएको थियो । खोलामा भएको पानी रामेछापमा लैजाँदा पनि खोलामा सानो पानी थियो । त्यो पानी २०७२ सालको भुकम्पपछी एकाएक मुहान सुक्यो । भएको सानो पानीलाई जम्मा गर्न बातावरण परियोजनाले रकम दिएर पोखरी निमार्ण गरिदिएपछि अहिले वस्तुलाई पानी खुवाउन धेरै सहज भएको रामेछाप नगरपालिका वडा नं–७ सुकाजोरका इन्द्रबहादुर तमाङ्गले जानकारी दिए ।
उनले भने– हामीले पोखरी निमार्णको लागि स्थानिय सरकारसँग पनि भन्यौ । तर स्थानिय सरकारले गर्ने काम अहिले परियोजनाले नै गरिदिएपछि हामीलाई धेरै राहात मिलेको छ । अहिले त्यतिकै खेर जाने खोलाको पानी पोखरीमा जम्मा हुने र त्यो पानी वस्तु, जंङ्गली जनावरले खान प्रयोग गरिएको छ । त्यस्तै घरमा खान बाहेक अन्य कामको लागि पनि पानी प्रयोग गर्न सहज भएको छ ।
बातावरण परियोजनाले पोखरी निमार्णको लागि २ लाख ९ हजार रुपैयाँ र स्थानिय जनश्रमदान ५२ हजार गरि कुल २ लाख ६१ हजार रुपैयाँको लागतमा सो पोखरी निमार्ण भएको हो । त्यस्तै गाउँमा पानीको समस्या देखापर्न थालेपछि बातावरण संरक्षण परियोजनाले जङ्गलमा छरिएर रहेका मुहानको पानी संकलन गरेर एउटा रिजर्भ ट्याङ्की निमार्ण गरिदिएपछि अहिले पानीको लागि धेरै सहज भएको स्थानिय राजकुमार कार्कीले जानकारी दिए ।
त्यसैगरी परियोजना मार्फत गोठसुधार कार्यक्रम अन्तर्गत वस्तुको मुत्र संकलन गरि उक्त मुत्र किसानले लगाएको तरकारी लगाएत अन्नबालीमा छर्दा उत्पादनमा बृद्धि भएको छ । बस्तुको मुत्र संकलन गरि तरकारीमा छर्कदा यस अघि लाग्दै आएको रोगहरु समेत निर्मुल हुँदै गएकाले किसानहरु अत्यन्तै हर्षित भएको रामेछाप नगरपालिका वडा नं–९ का वडा अधयक्ष चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।
उनले भने– किसानहरुले अहिले अग्र्यानिक तरकारी उत्पादन गर्न लागेका छन् । वजारमा अग्र्यानिक तरकारी खोज्ने ग्राहकको बृद्धि सँगै किसानले उत्पादन गरेको तरकारीले बजारमा राम्रो मूल्य पाउँदा किसानहरुमा एक किसिमको उत्साह थपिएको छ ।