हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा बद्रीबहादुर पाठकलाई नियुक्ति गरेको छ । भदौ १३ गते बसेको मुख्यमन्त्री स्तरको बैठकले परिषद्को प्रमुखमा पाठकलाई सदस्य सचिवको नियुक्ती गर्ने निर्णय गरेको थियो ।
सदस्य सचिव पद रिक्त हुँदा परिषद्को दैनिक कार्य सञ्चालन तथा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको काममा बाधा उत्पन्न भएको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि परिषद्को सदस्य सचिवको रुपमा कामकाज गर्ने गरी पाठकलाई जिम्मेवारी तोकिएको प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...