बागमती प्रदेशले विश्वविद्यालय स्थापना गर्ने – सामाजिक विकास मन्त्री मोक्तान

रामेछाप । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बागमती प्रदेश सरकारले विश्व विद्यालय स्थापना गर्ने तयारी गरेको बताएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा रहेको सहिद स्मृति बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभालाई सम्बोधन गर्दै प्रदेश ‘शिक्षा नीति अन्तिम चरणमा पुगेको भन्दै बागमती प्रदेशले अब छिटै विश्वविद्यालय सञ्चालन गर्ने बताए ।

अहिलेको शिक्षाले विद्यार्थीको माग र बजारको आवश्यकता समेट्न नसकेको भन्दै अबको शिक्षाले बजारको आवश्यकता र विद्यार्थीको रुचि अनुसारको मागलाई समेट्नु पर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले भने –अब बजारको आवश्यकता अनुसारको शिक्षा ल्याउनु सक्नु पर्छ । यदि विद्यार्थीको रुचि र बजारको आवश्यकता बुझेनौ भने युवा नेपालमा हुने छैन । त्यसका लागी हामीले शिक्षा नीति तयार पारि सकेका छौँ । 

प्रदेश सरकारले विश्व विद्यालय सञ्चालनमा ल्याएपछि नेपालमा सर्वसुलभ मूल्यमा डाक्टर पढ्न पाइन्छ । अहिलेको शिक्षा नीतिले विद्यार्थीहरूलाई आकर्षण गर्न नसकेको अध्ययन प्रतिवेदन प्रस्ट्याएको । अहिलेको नीतिमा कुन जिल्लामा के पठनपाठन आवश्यक छ । त्यसको व्यवाहिरक शिक्षा प्रदान गर्न प्रदेश सरकार लागेको छ मन्त्री मोक्तानले भनिन् ।

त्यस्तै आगामी आर्थिक वर्षबाट शैक्षिक सुधारको लागि प्रदेशका ४० वटा क्याम्पसलाई १० लाखको दरले अनुदान दिने समेत बताइन् । विगत देखिनै ‘छोरी बुहारी छात्रवृत्ति’ गाउँ–गाउँमा बस्ने छोरी बुहारी दिदी बहिनीलाई प्रदान भइरहेको उल्लेख गर्दै यसलाई निरन्तर सञ्चालनमा रहेको बताइन् । साथै मन्त्री मोक्तानले नीति र विधि भित्र रहेर मन्थली क्याम्पसलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै काँग्रेस सचिव खड्का द्वारा विज्ञप्ति जारी

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै काँग्रेस सचिव खड्का द्वारा विज्ञप्ति जारी

रामेछाप । नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्ण बहादुर तामाङ ९कान्छाराम०को कार्यशैलीको विरोध गर्दै पार्टी सचिव दीपक खड्काले प्रेस विज्ञप्ति जारी गरेको छ । १११ औँ वि.पी जयन्तीको अवसरमा पार्टी सभापति कान्छारामले समितिमा छलफल समेत नगरी एकलौटी मनोमानी ढङ्गबाट...

डेंगुको सङ्क्रमण बढ्दो – रामेछापमा ६ जनामा डेंगु सङ्क्रमण फेला

डेंगुको सङ्क्रमण बढ्दो – रामेछापमा ६ जनामा डेंगु सङ्क्रमण फेला

रामेछाप । रामेछाप जिल्लामा पनि डेंगु सङ्क्रमणको बिरामी फेला परेको छ । देश भरी डेंगु सङ्क्रमणको समस्या भई रहेको अवस्थामा रामेछापमा पनि डेंगु सङ्क्रमितका बिरामी ६ जना फेला परेको हो । बागमती प्रदेश सरकारले गत साउन १ गतेदेखि गरेको परीक्षणमा रामेछापमा ६ जनामा डेंगु...

दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

काठमाण्डौं । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा शिशुको जन्मपछि फरार रहेकी ललितपुरकी २८ वर्षीय रेणुका पहरीलाई सम्पर्कमा आउन नेपाली दूतावास आबुधावीले आग्रह गरेको छ । युएईको लतिफा हस्पिटल दुबईमा गएको अगस्त १६ मा अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएकी पहरीले जन्म दिएको...