बागमती प्रदेशको कार्यकारिणी सदस्यमा थापा निर्बिरोध

Written by meropradesh creator

११ पुष २०७७, शनिबार

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्याम थापा उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी सदस्यमा निर्विरोध चयन भएका छन् । शनिवार भएको अधिवेशनले बागमती प्रदेशको कार्यकारिणी सदस्यमा रामेछापका थापालाई निर्विरोध चयन गरेको हो । अधिवेशनमा थापा सहित अन्य ४ जना सदस्य समेत निर्विरोध चयन भएका छन् । बागमती प्रदेशको कार्यकारिणी सदस्यमा पाँच जनाको मात्रै कोटा कायम गरिएकोमा ५ जनाको मात्रै उम्मेदवारी परेपछि स्वतः पाचै जना निर्विरोध चयन भएका हुन् ।
जिल्लामा वस्दा सधै आम व्यवसायीहरुको हकहित र संरक्षणको पक्षमा लागि पर्ने थापालाई जिल्लाका अधिकासं व्यवसायीहरुले बागमती प्रदेशको कार्यकारिणी सदस्यमा निर्विरोध चयन भएपछि सामाजिक सञ्जाल मार्फत बधाइ दिनेको होडबाजी नै चलेको छ । निर्विरोध चयन भएका सदस्य थापाले बागमती प्रदेशको कार्यकारिणी सदस्य पदमा पुग्न सहयोग गर्नुहुने सबैप्रति धन्यवाद दिदै खुशी व्यक्त गरेका छन् ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...