बसपार्कको तीन तले पक्की घरको एक तला भासियो

रामेछाप । अबिरल बर्षाको कारण मन्थली नगरपालिका–१ बसपार्कमा १ तले घरको पहिलो तला जमिन मुनी भासिएको छ । रामेछाप जिल्लामा अवरिल बर्षासँगै मन्थली नगरपालिका–१ बसपार्क नजिकै तीन तले पक्की घरको एक तला भासिएको हो । पक्की घर जमिनमुनी भासिएकोे देख्दा स्थानिय अचम्ममा परेको छ । गएराती चर्किएको घर अहिले एक तला नै जमिनमुनी भासिएको छ । पाँच बर्ष अघि हिराबहादुर माझीले उक्त स्थानमा घर निर्माण गरेका थिए । अहिले बर्षासँगै घरमाथि पहिरो आएकै कारण घर नै भासिएको छ । मन्थलीवासीले माझीको घर भासिनुलाई आश्चार्यको रुपमा लिएका छन् । मन्थली नगरपालिका नगर प्रमुख रेमश बस्नेतले स्थानीय हिरा बहादुर माझीको घर भासिनु नगरपालिकामा पहिलो घटना भएको बताए । शुक्रबार बेलुका सम्म तीन तला नै थियो, आज बिहान उठदा एक तला भासिएर दुई तला मात्र भएछ भन्दै स्थानिय उक्त गर हेर्न जान थालेका छन् । घरबाट अरु वस्तीमा क्षति हुन नदिन नगरपालिकाले घरलाई भत्काउने काम अगाडि बढाएको छ ।
घरधनी हिरा बहादुर माझीले पाँच बर्ष अघि करिब एक करोड लगानीमा निर्माण गरिएको घर भासिदा विक्षिप्त बनेका छन् माझीले भने जीवनभर कमाएको पसिनाबाट बनाएको तीन तले घर हेर्दाहेर्दा एक तला भासियो, अब सुकुम्बासी हुने अवस्था आयो । घर मासिएपछि अब घडेरी पनि नहुने चिन्ता थपिएको बताउदै घर भासिएसँगै आफ्नो परिवारको सपना पनि भासिएको माझीले बताए ।

Facebook Comments Box