बलात्कृत, महिलाको अस्पतालमा उपचार ४१ बर्षिय बिक प्रहरी नियन्त्रणम

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले ६१ बर्षिय महिलालाई जबरजस्ती करणी गर्ने ४१ बर्षिय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खाँडादेवी गाउँपालिका–१ राकाथुममा घरमा कोही नभएको मौका छोपेर ६१ बर्षिय महिला माथी जबरजस्ती करणी गरेको भन्दै रुपन्देहीको सूर्यपूरा गाउँपालिका–८ स्थायी घर भई राकाथुम स्थित एक कृषि फर्ममा काम गर्ने कृष्ण बिकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको हो ।
जबरजस्ती करणी पछि पीडित महिलाको अत्याधिक रक्तश्राप भएको थियो । रक्तश्राप नरोकिय पछी र गाउँमा उपचार हुन नसकेपछि उनललाई थप उपचारको लागि काठमाडौंको केएमसी अस्पताल भर्ना गरिएको थियो ।
अत्याधिक रक्तश्रापको बारेमा डाक्टरले सोधेपछि त्यति बेला मात्र पीडित महिलाले आफूमाथि जबरजस्ती करणी भएको खुलासा गरेकी थिइन । पीडित महिलाले दिएको प्रारम्भिक सूचनाको आधारमा जबरजस्ती करणीमा संलग्न बिकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । पक्राउ परेका बिकले आफूले ती महिलामाथि जबरजस्ती करणी गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले पीडित महिलाले दिएको सूचनाको आधारमा घटनामा संलग्न बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए । उनका अनुसार पीडितको छोराले प्रहरी समक्ष किटानी जाहेरी समेत हिजो दर्ता गराइसकेका छन् ।