बलात्कारपछि हत्या गरेको भट्टको स्वीकार, आज सार्वजनिक गरिँदै

Written by meropradesh creator

५ फाल्गुन २०७७, बुधबार

 बैतडी  । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट लाई बलात्कारपछि हत्या गरेको गाउँकै युवक दिनेश भट्टले स्वीकार गरेको छ । भट्टलाई आज (बुधबार) प्रहरीले सार्वजनिक गर्ने भएको छ ।
युबकले विद्यालयबाट घर फर्किने क्रममा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा आफुले बलात्कार गरेको बयान दिएको सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए । पक्राउ परेका युबक भागरथी पढ्ने सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ मा पढ्ने विद्यार्थी रहेको डीआईजी सुवेदीले बताए ।
उनका अनुसार दुई परिवारबीच लामो समयदेखि विवाद रहेको कारण युवकले प्रतिशोध साँध्न हत्या गरेको बयान दिएको बताएका छन् । प्रहरी स्रोतका अनुसार दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा एकान्तमा भेटेपछि भीरबाट लडाएर बलत्कार गरीहत्या गरेको थियो । जिल्ला अस्पताल बैतडीमा भएको पोष्टमार्टम रिपोर्टले भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको थियो । उनलाई घिसारिएको जस्तो संकेत झाडी मडारिएकाले पनि देखिएको थियो । जबरजस्ती तानेकै कारण शरीरका विभिन्न भागमा पनि चोट देखिएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) समेतको टोलीले ति युबकलाई शनिबार राति कञ्चनपुरको महेनद्रनगरबाट नियन्त्रण गरेको हो । भट्ट भागरथीकै विद्यालयकै छात्र हुन् । गत माघ २१ गते, बुधबार विद्यालय गएकी भागरथीको भोलिपल्ट बिहीबार साँझ बिभत्स अवस्थामा शव फेला परेको थियो । शव फेला परेको १३ दिनपछि प्रहरीले हत्यामा संलग्न रहेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बैतडीमा ल्याइएको छ । हत्या बारे थप जानकारी पत्रकार सम्मेलनमार्फत नै दिने प्रहरीको तयारी छ । भागरथीकोे बलात्कार पछि हत्या भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको थियो । भागरथीका परिवारले दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान राखे पछि शव जिल्ला अस्पताल बैतडीमा नै राखिएको छ ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...