फ्रान्सले दिएको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो

Written by meropradesh creator

१९ जेष्ठ २०७८, बुधबार

रामेछाप । फ्रान्स सरकारले नेपाल सरकारलाई दिएको कोरोना महामारी विरुद्धका स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ । फ्रान्स सरकारले दिएको उक्त सामाग्री लिएर बिशेष जहाज बुधवार काठमाण्डौं आइपुगेको छ । फ्रान्सले दिएको ती स्वास्थ्य सामाग्रीहरु नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस् जाभियर लेजरले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयस त्रिपाठीलाई हस्तान्तरण गरेका छन् ।

फ्रान्स सरकारले ५ लाख ४ हजार मास्क, २० हजार एन्टीजेन किट र १२ हजार चस्मा लगाएतका सामाग्रीहरु नेपाल सरकारलाई पठाएको हो । फ्रान्सले पठाएको स्वास्थ्य सामाग्री बुझ्दै स्वास्थ्य मन्त्री त्रिपाठीले फ्रान्स सरकार र त्यहाँका नागरिकहरुलाई धन्दयवाद दिएका छन् । त्यस्तै स्वास्थ्य मन्त्री त्रिपाठीले फ्रान्स र युरोपेली युनियनलाई कोरोना विरुद्धको खोपको लागि सहयोगको लागि सहजीकरण गरिदिन समेत आग्रह गरेका छन् ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...