फरार बालक पक्राउ

रामेछाप । चोरी मुद्धामा रामेछाप जिल्ला अदालतले २०७७ चैत्र १३ गते ३ वर्ष ५ महिना कैद र ३५ हजार जरिवानाको फैसला गरेका एक फरार बालकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ ।
चोरी मुद्धामा रामेछाप जिल्ला अदालतले दोषी ठहर गरेपछि फरार रहदै आएका लिखु तामाकोशी गाउँपालिका वडा नं ५ नागदह–५ चण्दुलीडाँडाका एक १६ वर्षिय वालकलाई जिल्ला प्रहरी कार्यालय रामेछापवाट खटेको प्रहरी टोलीले सोही गाउँपालिकाको धोवीडाँडा वजारमा पक्राउ गरेको हो ।
पक्राउ परेका बालकलाई जिल्ला प्रहरी कार्यालयले रामेछाप जिल्ला अदालतमा बिहिवार पेश गरेको छ । जिल्लामा बाल सुधार गृह नह्ुँदा ती बालकलाई कारागारमा राख्न नमिल्ने भएपछि बाल सुधार केन्द्र भक्तपुरमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।