फरार प्रतिवादी पक्राउ

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापको बिशेष सुराकीे टोलीले चोरी मुद्धामा फरार रहेका एक प्रतिवादीलाई मगंलवार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोरम्बा गाउँपालिका वडा नं–४ गौश्वाराका प्रेमवहादुर थापामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालयमा थापामगर बिरुद्ध चोरी मुद्धामा किटानी जाहेरी दर्ता भएको थियो । सोही किटानी जाहेरीको आधारमा प्रहरी कार्यालयको राय र जिल्ला सरकारी वकील कार्यालयको अभियोग पत्रसाथ जिल्ला अदालत रामेछापमा मुद्धा दर्ता भएको थियो ।
जिल्ला अदालत रामेछापले २०५८ साल चैत्र २७ गते चोरी मुद्धाको अभियोगमा मगरलाई ३ वर्ष ५ महिना २० दिन कैद फैसला सुनाएको थियो । अदालतको फैसला पछि फरार रहदै आएका थापामगरलाई जिल्ला प्रहरी कार्यालय रामेछापलको बिशेष टोलीले ललितपुर उपमहानगरपालिका वडा नं–२९ हरिसिद्धिबाट पक्राउ गरि रामेछाप ल्याएको हो । निज थापालाई आजै जिल्ला अदालत रामेछाप हुँदै कारागार चलान गर्ने प्रहरीले जनाएको छ ।