प्रहरी हिरासतमा मार्नेसम्मको षड्यन्त्र भयो– अध्यक्ष खड्का

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काले आफुलाई षड्यन्त्र पूर्बक झुट्टा मुद्धा लगाएर प्रहरी हिरासतमा राख्दा मार्नेसम्मको योजना बनाएता पनि आफु बच्न सफल भएको बताएका छन् ।
सो कुरा उनले आइतवार लिखु तामाकोशी गाउँपालिकाको अध्यक्ष पदमा पुनः पुर्नबहाली गर्दै आम लिखुतामाकोशी गाउँपालिकाका जनताका माझ बताएका हुन् । अध्यक्ष खड्काले भने– मलाई षड्यन्त्र पूर्वक एकैपटक सम्पत्ती सुद्धिकरण, शरीर बन्धक र जबर्जस्ती करणी गरि तीनवटा गम्भिर प्रकृतिका मुद्धा लगाएर प्रहरी हिरासतमा राख्दा मार्नेसम्मको योजना बनाए । मलाई कोरोना परिक्षण नै नगरी कोरोना लाग्यो भन्दै बाहिर हल्ला चलाएर भित्र मार्नेसम्म योजना बनाए पनि आफु बाँच्न सफल भएको बताए ।
उनले भने– पालिकाका केही साथीहरु र अन्य गाउँका केही व्यक्तिले मलाई फसाउने नियतले हालेको मुद्धालाई सम्मानित अदालतले न्याय दिएको छ । मलाई ज–जसले मुद्धा हाले उनीहरु सबै मेरा लागि धन्यबादको पात्र रहेको बताए । अदालतले दिएको न्यायले गर्दा आज आम लिखुतामाकोशी गाउँपालिकाका जनतासँग पुनः बाँकी रहेको बिकास निमार्णका कामहरु गर्न फर्किएको भन्दै अध्यक्ष खड्काले आफु बाचुन्जेलसम्म गाउँका जतालाई सेवा गरेर मर्ने प्रतिबद्धता समेत जनाए ।
धरौटीमा रिहाई भएर पुनः गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हालेका खड्काले चार महिना पुर्पक्षको लागि थुनामा बस्दा आफुले धेरै कुरा सिकेको भन्दै गाउँपालिकाको विकास र समृद्धिका लागि लागिपर्ने बताए । उनले भने– म अझै परिपक्व भएको रहेनछु, जेलमा वसेर परिपक्क भएर आएको छु । अब बाँकी समय निती र विधिमा रहेर नागरिकको सेवा गर्ने छु ।


लामो समयपछि गाउँपालिका फर्किएका खड्कालाई स्थानीय हजारौं जनताले बाजागाजा सहित भब्य स्वागत गरेका थिए । खड्काको स्वागतमा सहभागि भएका स्थानीयले छातीमा गाउँपालिका अध्यक्ष खड्काको फोटो झुण्ड्याएर गोबिन्द राजा जिन्दाबाद, प्राण भन्दा प्यारो छ जस्ता नारा लगाएका थिए । पालिका पुगेका खड्काको स्वागतमा निस्किएका स्थानीयले ब्यानर सहित नागरिकहरु एककिलोमिटर टाढासम्म लिन पुगेका थिए ।
गाउँपालिका अध्यक्ष खड्का सम्पत्ती सुद्धिकरणको अभियोगबाट १० लाख रुपैयाँ, पुरनावेदन उच्च अदालत ललितपुरबाट जबर्जस्ती करणीमा ५ लाख रुपैयाँ र शरीर बन्धकको अभियोगमा २ लाख गरि १७ लाख रुपैयाँ धरौटीमा पौष १९ गते रिहा भएका थिए । २०७४ सालको स्थानिय तहको निर्वाचनमा खड्का नेकपा एमालेबाट अत्याधिक मत प्राप्त गरि अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
झुट्टो मुद्धा लगाएर पालिकाका अध्यक्षलाई फसाउन खोजे पनि सम्मानित अदालतले न्याय दिएर सत्यको जित भएको लिखुतामाकोशी गाउँपालिका वडा नं–२ सैपुको वडा अध्यक्ष पदम तामाङ्गले जानकारी दिए । उनले भने– जनताको काममा अहोरात्र खट्ने पालिका अध्यक्ष जस्तो नेतालाई विभिन्न लान्छना लगाएर फसाउन खोज्नु दुःखद हो ।


गाउँपालिकाको साझा अध्यक्षको रुपमा रहेका गोबिन्द खड्का लिखु तामाकोशी गाउँपालिकाको लागि शिलाजी हुन् । सबै हिन्दुधर्म मान्नेहरुले शिलाजीलाई पुजा गरे झैँ अध्यक्ष खड्कालाई जनताले पुज्ने गरेको साविकको नागदहका गाविस अध्यक्ष आशबहादुर तामाङले जानकारी दिए । उनले भने– यस गाउँपालिकामा जनताको लागि काम गर्ने खड्का जस्तो नेता न हिजो थिए न भोली हुने नै छन् । त्यसैले सबै मिलेर गाउँको विकास निमार्णमा एकजुट भएर जुट्नु पर्ने बताए ।
केही षडयन्त्र कारीहरुले अर्काको जिवन सक्ने गरि बिभिन्न तानामाना बुनेपनि ती तोरीलाउरेले लगाएको झुट्टा मुद्धा अन्ततः खारेज भएरै छाड्ने गेली शेर्पाले बताए । उनले भने– षड्यन्त्रकारी हाबामा उड्ने फोहोर जस्तै हुनः एकछिनमा उड्छन र हराएर जान्छन् ।

Facebook Comments Box