प्रहरी संगको भिडन्तमा एक जनाको मृत्यु

वारा । प्रहरी र तस्करबीच दोहोरो गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा क्षेत्रमा प्रहरी र तस्करबीच दोहोरो गोली हानाहान हुँदा भएको थियो । प्रहरीमाथि तस्कर समूहले गोली चलाएपछिको जवाफी कारवाहीमा प्रहरीले गोली चलाउदा भारतको पिलिभित थाना हजारा बुदान–४ का २६ बर्षीय गोविन्दा सिंहको मृत्यु भएको जनाइएको छ । दोहोरो भिडन्तमा घाइते भएका सिंहको बेलौरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो
बिहीबार बेलुकी भारतबाट लागुऔषध ल्याइरहेको सूचनाको आधारमा गस्तीमा गएको प्रहरी टोलीमाथि भारतीय तस्कर समूहले गोली चलाएको र प्रहरीले पनि जवाफी कारवाही गर्नु परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएपी मुकेशकुमार सिंहले जानकारी दिए ।