प्रहरी र आन्दोलनकारी बिच झडप २६ जना प्रहरी नियन्त्रणमा

Written by meropradesh creator

१२ माघ २०७७, सोमबार

काठमाण्डौं ।प्रहरी र आन्दोलनकारी बिच बालुवाटार नजिकै टंगालमा झडप भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभावित गर्न खोजेको भन्दै मानव अधिकार तथा शान्ति समाजले प्रतिनिधिसभा विघटनको विरोधमा टंगालमा प्रदर्शन गरेको थियो । ओली नेतृत्वको सरकारले अदालतलाई प्रभावित गर्न खोजेको, राज्य संयन्त्रको दुरुपयोग गरेको तथा प्रधानमन्त्री र मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्तिविरुद्ध मानव अधिकार तथा शान्ति समाजले आन्दोलन गरिएको थियो । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार स् कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए । प्रतिनिधिसभा विघटनको विरोधमा टंगालमा आयोजना गरिएको सभापछि बालुवाटार जाने क्रममा प्रहरीसँग धक्का मुक्की गरेपछि झडप भएको थियो ।
सोमबार दिउँसो १२ बजे बालुवाटार पुगेर प्रदर्शन गरेको शान्ति समाजको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको समाजकी सरिता पौडेलले जानकारी दिइन् ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...