प्रशासनले लगाएको निषेधाज्ञाको बेवास्था गर्दै विद्यालय सञ्चालन

Written by meropradesh creator

२३ श्रावण २०७८, शनिबार

रामेछाप । रामेछापमा स्थानिय प्रशासनले कोरोनाका संक्रमितहरु बढेको भन्दै विद्यालय सञ्चालनमा पूर्णरुपमा रोक लगाएको सूचना सार्वजनिक गरेपछि त्यसको वेवास्था गर्दै केही सामुदायिक विद्यालयहरुले भने नियमित पठनपाठन शुरुवात गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक सूचना मार्फत विद्यालय र सभासम्मेलन लगाएतका क्षेत्रहरु अर्को सूचना नआएसम्म बन्द गर्ने जनाएको छ । प्रशासनले सार्वजनिक गरेको सूचनालाई लत्याउँदै ग्रामिण भेगका सामुदायिक विद्यालयहरुले नियमित पठनपाठन शुरुवात गरेका हुन् ।

रामेछापमा पछिल्लो समय पिसिआर र एन्टिजेन विधिवाट जाँच गर्दा दैनिक २० देखी ६५ जनासम्म कोरोना संक्रमितहरु देखिन थालेका छन् । जिल्लामा अहिले २ सय ९६ जना सक्रिय कोरोन संक्रमितहरु रहेका छन् । दैनिक कोरोनाका संक्रमितहरु बढेसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले थप निषेधाज्ञा जारी गरेको छ । प्रशासनले निशेधाज्ञामा विद्यालय सञ्चालनमा पूर्णरुपमा रोक लगाएको भएता पनि विद्यालय प्रशासनले भने निषेधाज्ञाको पालना नै नगरि विद्यालयहरु संञ्चालन गर्दै आएका छन् ।


विद्यालय सञ्चालन गर्दा विद्यालयमा नत सावुन पानी नत सामाजिक दुरी नत सेनिटाइजर न मास्क विना नै विद्यार्थीहरु जम्मा गरि दैनिक कक्षा सञ्चालन गर्दै आएका छन् । कोरोना महामारी वढिरहेको समयमा पनि विद्यालय नियमित संञ्चालन हुँदा विद्यालयमा अध्ययनरत बालबालिकाहरु पनि संक्रमण हुनसक्ने भन्दै केही अभिभावकहरुले आफ्ना साना बालबालिकाहरु विद्यालय पठाएका छैनन् ।

केही अभिभावकहरुले भने बालबालिकाहरुलाई नियमित विद्यालय पठाउने गरेका छन् । बालबालिकामा कोरोना संक्रमण हुनसक्ने भन्दै केही अभिभावकहरुले भने कोरोनाको संक्रमण दर नघटेसम्म विद्यालय बन्द गर्नुपर्ने आवाज उठाइरहेका त छन् तर त्यसको कार्यान्वयन भने हुन सकेको छैन् । जसकाकारण बालबालिकाहरुमा कोरोना संक्रमण हुने भय अभिभावकहरुमा सिर्जना उत्पन्न भएको मन्थली नगरपालिका वडा नं १३ फुलासीका ओमकार अधिकारीेले जानकारी दिए ।

उनले भने– गाउँका विद्यालय अहिले नियमित खुलेका छन् । तर कोरोना संक्रमण हुने दर अहिले पनि घटेको छैन् । जसकाकारण विद्यालयमा विहान सद्धे गएका बालबालिकाहरु बेलुका घर फर्कदा न कोरोना संक्रमित भएर आउने हुन की भन्ने चिन्ता आफुहरुमा थपिएको छ । यस्तो समयमा विद्यालय संञ्चालन गर्नुभन्दा विद्यालय बन्द गराउनु नै राम्रो हुने अधिकारी बताउँछन् ।


यता मन्थली नगरपालिकाका प्रमुुख रमेशकुमार वस्नेतले विद्यालय संञ्चालन गर्न मन्थली नगरशिक्षा शाखाले अनुुमती दिएको बताएका छन् । उनले विद्यार्थी संख्या १५ देखी २० जनासम्म मात्रै राखेर नियमित आलोपालो प्रणालीमा कक्षा संञ्चालन गर्न अनुुमती प्रदान गरिएको र मन्थली नगरपालिकाले नियमित विद्यालयको अनुुमगन समेत गर्दै आएको बताए ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...