रामेछाप । मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले मन्थली–१ भुत्याखोलामा निमार्ण हुन लागेको १५ शैया अस्पतालको एक कार्यक्रमबका बिच बिहिवार शिलान्यास गरेका छन् ।
मन्थली नगरपालिका वडा नं १ भुत्याखोलामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र परिषरमा १५ शैया क्षमताको अस्पताल निमार्ण हुने भएको हो । भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख बस्नेतले नगरपालिकामा अस्पताल भवन अभावमा नागरिकहरुलाई प्रदान गरिने स्वास्थ्य सेवा प्रदान गर्न समस्या झेल्दै आए पनि नयाँ भवन निमार्णपछि नागरिकहरुलाई प्रदान गरिने स्वास्थ्य सेवा गुणस्तर र प्रभाबकारी किसिमले प्रदान गर्ने बिषयमा नगरपालिकाले कुनै कसुर नराख्ने धारणा व्यक्त गरे ।
राष्ट्रिय पुनर्निमार्ण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई (भवन) रामेछाप मार्फत निमार्ण हुन लागेको सो अस्पतालमा निमार्णमा १४ करोड ७५ लाख ७७ हजार ५ सय ७९ रुपैयाँको टेण्डर आव्हान गरिएकोमा श्री गाल्वा÷लाल शुभ मेन्द्रो जे.भी काठमाण्डौले ९ करोड ३२ लाख ५० हजार ९ सय ८६ रुपैयाँमा काम गर्ने गरि २०७८ जेठ ३० गते सम्झौता गरेको छ । निमार्ण हुन लागेको उक्त भवन २०७९ मंङ्सीर ३० गते निमार्ण सम्पन्न गर्ने गरि काम अघि वढाइने उक्त कम्पनीले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापले तत्कालीन मन्थली गाउँ विकास समितिका नागरिकरुलाई पायक पर्ने गरी सदरमुकाम मन्थलीमा २०५० सालमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । उक्त संस्थाले हाल पनि नागरिकहरुलाई निरन्तरमा रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।