रामेछाप । प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूलाई एक कार्यक्रम आयोजना गरी बिदाई गरिएको छ । रामेछापमा प्रमुख जिल्ला अधिकारीको रुपमा छ सैजु महिना अघि आएका थिए । रामेछाप बाट सैजु सत्य निरुपन तथा मेल मिलाप आयोगमा सरुवा भएका छन् । कर्मचारी मिलन केन्द्रले आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै प्रमुख जिल्ल अधिकारी सैजुले आफ्नो कार्यकालभरी सहयोग गर्ने राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारीहरुलाई धन्यवाद दिए ।’ सैजूको सरुवा भएर विदाई भएसँगै रामेछापमा प्रमुख जिल्ला अधिकारीको रुपमा दीपक कुमार पहाडी आउने भएका छन् ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...